बिहीबार, वैशाख ६, २०८१
  • गृहपृष्ठ
  • समाज
  • रौतहट बम काण्ड : प्रारम्भिक अनुसन्धानमा महताबले स्वीकारे कसुर

रौतहट बम काण्ड : प्रारम्भिक अनुसन्धानमा महताबले स्वीकारे कसुर

राजपुर नगरपालिकाका मोहम्मद महताब आलम आफ्ना दाजु गएको चैत २६ गते पक्राउ परेदेखि नै फरार थिए।  
 |  सोमबार, मंसिर २२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २२, २०७७

काठमाडौं-  करिब १३ वर्षअघि रौतहटको राजपुर फरहदवामा भएको बम विस्फोटका घाइतेको हत्या प्रकरणमा प्रहरीले पूर्व मन्त्री आफताब आलमका भाइ महताब आलमलाई पक्राउ गरेको छ। 

triton college

प्रदेश– २ प्रहरी कार्यालयका अनुसार प्रारम्भिक अनुसन्धानमा महताबले आफ्ना दाइ मोहम्मद अफताब आलमको निर्देशनमा घटना लुकाउने उद्देश्यले विष्फोटमा परी मृत्यु तथा घाइते भएकालाई इँटा भट्टामा जलाइएको स्वीकार गरेका छन्। 

पूर्वमन्त्री मोहम्मद आफताब आलमका भाइ राजपुर नगरपालिकाका मोहम्मद महताब आलम आफ्ना दाजु गएको चैत २६ गते पक्राउ परेदेखि नै फरार थिए।  

उनलाई प्रहरीले आइतबार राति भारतको मोतीहारीबाट भारतीय प्रहरीको सहयोगमा पक्राउ गरेको हो। 

यद्यपि, प्रदेश २ का प्रहरी प्रमुख डीआईजी धीरजप्रताप सिंहले महताबलाई सीमा क्षेत्रबाट पक्राउ गरेको जानकारी दिएका छन्। 

corrent noodles
Metro Mart

पहिलो संविधानसभा निर्वाचनअघि २०६४ चैत २७ राति राजपुर नगरपालिका–४ स्थित आलमका काका सेख इद्रिसको गोठमा बम विस्फोट भएको थियो ।

पूर्वमन्त्री आलम र उनका भाइ महताबलगायत ११ जनामाथि उक्त विस्फोटमा घाइते भएका यमुना गाउँपालिका–४ का त्रिलोकप्रसाद सिंह (पिन्टु)  र ओसी अख्तरलाई इटा भट्टामा जिउँदै जलाइएको आरोप छ। 

प्रदेश– २ प्रहरीका अनुसार महताबले दाजुको निर्देशनमा विष्फोटका घाइते र मृतकलाई ट्याक्टरमा राखी इँटा भट्टामा जलाएको स्वीकार गरेका छन् । उनीमाथि थप अनुुुसन्धान भइरहेको छ। 

मुख्य आरोपित आलम पुर्पक्षका लागि काठमाडौंको नक्खु कारागारमा छन् ।

मृतक पिन्टुका बुवा श्रीनारायण सिंह र अख्तरकी आमा रुक्साना खातुनले कांग्रेस नेता आलमलगायत ४ जनाविरुद्ध २०६५ वैशाख ९ गते किटानी जाहेरी दिएका थिए । 

घटनाको दुई महिनापछि २०६५ असार १ र ९ गते आलम र महताबसहित ४ जना पक्राउ परेका थिए  तर चारै जनाको म्याद थप गरेर एकै दिनमा अनुसन्धान सकी सरकारी वकिलको कार्यालय गौरमा मिसिल पेस गरी साँझपख प्रमाण नपुगेको भन्दै छाडिएको थियो ।

आरोपितहरू छुटेपछि २०७१ मंसिर २० गते पीडितका तर्फबाट छानबिन गरिपाउन भनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा निवेदन दिइएको थियो । न्याय नपाएको भन्दै पीडितले सर्वोच्च अदालतमा रिट हालेपछि पुनः छानबिन गर्न आदेश भएको थियो । 

त्यसपछि पक्राउ परेका आलमलगायतका ११ जनाविरुद्ध अनुसन्धान गरी कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थलगायत कसुरमा जन्मकैद सजायको मागसहित अभियोगपत्र दर्ता गरिएको छ ।
 

प्रकाशित: Dec 07, 2020| 06:10 सोमबार, मंसिर २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।