शनिबार, वैशाख ८, २०८१

छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

चितवनमा गएराति भएका फरक–फरक दुर्घटनामा प्रहरी जवानसहित दुई जनाको मृत्यु भएको छ। 
 |  सोमबार, मंसिर २२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २२, २०७७

चितवन– चितवनमा गएराति भएका फरक–फरक दुर्घटनामा प्रहरी जवानसहित दुई जनाको मृत्यु भएको छ। 

triton college

चितवनको राप्ती नगरपालिका र खैरहनी नगरपालिकामा भएका  दुई सडक दुर्घटनामा परी दुईजनाको मृत्यु भएको हो। 

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार महेन्द्र राजमार्गअन्तर्गत ना ३७ प ५५४५ नम्बरको मोटरसाइकललाई ना ६ त ३३८१ नम्बरको ट्याक्टरले ठक्कर दिंदा प्रहरी जवान सुजन न्यौपानेको मृत्यु भएको छ। 

त्यस्तै जीपको ठक्करबाट खैरहनी नगरपालिका–७ का ३५ वर्षीय विजेन्द्र चौधरीको पनि मृत्यु भएको छ। खैरहनी नगरपालिका–१ बहेडाचोकमा ग १ च ९७२१ नम्बरको जीपले ना २९ प ९७०८ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा चौधरीको घटनास्थलमै मृत्यु भएको थियो। रासस
 

प्रकाशित: Dec 07, 2020| 02:05 सोमबार, मंसिर २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।