बिहीबार, वैशाख १३, २०८१

उपत्यकामा कति छन् सक्रिय संक्रमित ? 

काठमाडौं उपत्यकामा हाल ६ हजार ९१० जना कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ। 
 |  आइतबार, मंसिर २१, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २१, २०७७

काठमाडौं- काठमाडौं उपत्यकामा हाल ६ हजार ९१० जना कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ। 

triton college

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४८४ जना कोरोना संक्रमित थपिएसँगै सक्रिय संक्रमितको संख्या ६ हजार ९१० पुगेको हो।

मन्त्रालयका अनुसार आइतबार काठमाडौंमा ३५१, ललितपुरमा ७४ र भक्तपुरमा ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। हालसम्म काठमाडौंमा ९० हजार ४२८ जनामा संक्रमण पुष्टि भएकोमा ८४ हजार ६६४ जना संक्रमणमुक्त भएका छन्। ४०७ जनाको मृत्यु भएको छ। हाल काठमाडौंमा ५ हजार ३५६ जना सक्रिय संक्रमित छन्। 

त्यस्तै भक्तपुरमा ८ हजार १९७ जनामा संक्रमण पुष्टि भएकोमा ९५ जनाको मृत्यु भएको छ र हाल ४६५ जना सक्रिय संक्रमित छन्। 

भक्तपुरमा १३ हजार ८३७ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा १२२ जनाको मृत्यु भएको छ भने १२ हजार ६२६ जना निको भएका छन्। हाल ललितपुरमा १ हजार ८९ जना सक्रिय संक्रमित भएको मन्त्रालयको तथ्यांक छ। 

corrent noodles
Metro Mart

पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ९६ जना कोरोना संक्रमित भेटिएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ४० हजार ९८१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

प्रकाशित: Dec 06, 2020| 11:32 आइतबार, मंसिर २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।