शुक्रबार, वैशाख ७, २०८१
  • गृहपृष्ठ
  • समाज
  • नेकपा विवाद, सबै दस्ताबेजमाथि स्थायी कमिटीमा छलफल गर्ने सहमति

नेकपा विवाद, सबै दस्ताबेजमाथि स्थायी कमिटीमा छलफल गर्ने सहमति

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक भोलि बस्ने भएको छ।
 |  शनिबार, मंसिर २०, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर २०, २०७७

काठमाडौं-  सत्तारुढ नेकपामा उत्पन्न विवादका सम्बन्धमा स्थायी कमिटी बैठकमा छलफल हुने भएको छ।

triton college

शनिबार बसेको पार्टी सचिवालय बैठकले यसअघि अध्यक्ष पुष्पकमल दाहाल र अर्का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले पेस गरेको राजनीतिक दस्ताबेजमाथि स्थायी कमिटीमा छलफल गर्ने निर्णय गरेको हो। 

दुवै अध्यक्षले सचिवालयमा पेस गरेको राजनीतिक दस्ताबेजमा सहमति जुट्न नसकेपछि स्थायी कमिटीमा लैजान लागिएको बताइएको छ।

स्थायी कमिटीको बैठक भोलि आइतबार दिउँसो १ बजे पार्टी मुख्यालय धुम्बाराहीमा बस्ने भएको छ।  आजको बैठकले स्थायी कमिटी बैठक भोलिका लागि तय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

बैठकपछि सञ्चारकर्मीहरुसँग उनले भने, ‘भोलि १ बजे स्थायी कमिटी बैठक धुम्बाराहीमा बस्ने कुरा निश्चित गरिएकाे छ,स्थायी कमिटी बैठक पार्टीको विवाद र त्यसको निवारण सम्बन्धमा छलफल गरेर त्यसको प्रक्रिया अघि बढ्छ।’

corrent noodles
Metro Mart

प्रवक्ता श्रेष्ठका अनुसार यसअघि सचिवालय बैठकमा पेस भएका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालका प्रतिवेदन स्थायी कमिटी बैठकमै पेस हुने भएका छन्।

प्रवक्ता श्रेष्ठले भने, ‘पार्टीको संकट निवारणका लागि सचिवालय बैठकमा अहिलेसम्म पेस भएका प्रस्तावहरु स्थायी कमिटीमा छलफल हुनेछन्।  उनले  सबै दस्ताबेज स्थायी कमिटीमा पेस गरी सार्थक निष्कर्षमा पुर्याइने पनि बताए।

उनले आजको बैठकले कुनै निष्कर्ष ननिकालेको बताए। श्रेष्ठले भने, ‘आजको बैठकले कुनै निष्कर्ष निकाल्न सम्भव पनि थिएन, निस्किँदा पनि निस्किएन।’

शनिबार बालुवाटारमा बसेको नेकपाको सचिवालय बैठकमा झण्डै ४ घण्टा छलफल भएको छ।

यसअघि दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच पार्टीमा उत्पन्न संकट समाधानमा केन्द्रित भए पनि कुनै निष्कर्ष ननिस्कएको श्रेष्ठले जानकारी दिए।

 

प्रकाशित: Dec 05, 2020| 11:04 शनिबार, मंसिर २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।