एजेन्सी- रसियाले कोरोनाविरुद्धको खोप लगाउन सुरु गरेको छ। राजधानी मस्कोका क्लिनिकहरुबाट कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिएको हो।
रसियाले नै बनाएको स्पुतनिक ५ खोप शनिबारदेखि लगाउन सुरु गरिएको हो। खोप उत्पादक कम्पनीले यो खोप परीक्षणका क्रममा ९५ प्रतिशत प्रभावकारी भएको पाइएको बताएको छ। तै पनि खोप अहिले पनि आम परीक्षणकै क्रममा रहेको छ।
दुई पटक लगाउनु पर्ने यो खोपका लागि त्यहाँ हजारौँ मानिसले आफ्नो नाम दर्ता गराइसकेका छन्। तर उत्पादक कम्पनीले भने यो वर्ष सन् २०२० को अन्त्यसम्ममा जम्मा २० लाख डोज खोप तयार हुने बताएको छ।
मस्कोका मेयर सर्गेई सोब्यानिनले यसै हप्ताबाट खोप दिन सुरु गरिने बताएका थिए। उनका अनुसार पहिलो चरणमा सहरका स्वास्थ्य क्षेत्रका कामदार, बालबालिका तथा सामाजिक कार्यकर्तासहित १३ लाख मानिसलाई लगाइने बताएका थिए।
साथै उनले खोप उपलब्धताका आधारमा अन्य व्यक्तिहरुलाई पनि खोप लगाउने गरी लिस्ट बनाउने काम भइरहेको बताएका थिए।