शनिबार, वैशाख ८, २०८१

हङकङका महिलामा ‘साइबर प्रेम’को जोखिम 

जनसंख्याको चाप भएको हङकङमा परम्परागत पारिवारिक दबाबलाई सजिलै पन्छाउन सकिने अवस्था छैन ।
 |  शनिबार, मंसिर २०, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर २०, २०७७

हङकङको एउटा बैंकबाट निस्किँदा इभोनी फुरुङ्ग थिइन्। उनी खुशी हुनुको कारण थियो– आफ्नो बेलायतमा रहेको प्रेमीलाई उनले सहयोग गर्न पाएकी थिइन् ।

triton college

इभोनीको प्रेमीसँग सशरीर भेट भएको थिएन तर थुप्रै इमेल, सन्देश र फोनमा केही रोमान्टिक कुराकानी मार्फत उनीहरु गहिरो प्रेममा थिए। 

आफूलाई दक्षिण अमेरिकी तेल उत्खनन् कम्पनीको सञ्चानल अधिकृत बताउने प्रेमीले अर्को महिना हङकङ आएर माया साट्ने वाचा गरेको थियो। तर, ऊ हङकङ आउनै पाएन ।

हङकङ आउनुअघि उसले अत्यावश्यक कामका लागि केही रकम चाहिएको बतायो । इभोनीले खुसी साथ झण्डै ५१ सय अमेरिकी डलर पठाइदिइन् ।

त्यसरी पैसा पठाएको केही समयपछि नै प्रेमीले दोस्रो पटक फेरि पैसा माग्यो । यस पटकको उसले दुर्घटनामा परेकी छोरीको अपरेशनका लागि पैंसा उठाउनु परेको भन्दै थियो। 

corrent noodles
Metro Mart

‘यो त नाटकीय नै भयो नि हैन र?’ अतिथि–सत्कारको क्षेत्रमा कार्यरत इभोनी भन्छिन्।

दोस्रोपटक पनी नाटकीय बहानामा रकम माग्न थालेपछि उनले त्यो केटा ठग रहेछ भन्ने बुझिन्। उनी भन्छिन, ‘त्यसपछि त मैले उसलाई वास्ता गर्नै छोडिदिएँ।’ 

हङकङमा यसरी अनलाइन प्रेममा फस्ने इभोनी मात्र होइनन् ।

हङकङ प्रहरीका अनुसार यस वर्ष जनवरीदेखि सेप्टेम्बरसम्मका नौ महिनामा ६१३ जना महिला ‘अनलाइन प्रेमी’ बाट ठगिए ।

प्रहरीका अनुसार गत वर्षको तुलनामा यस वर्षको तथ्याङ्क झण्डै दोब्बर हो ।

यस्ता नक्कली प्रेमीले आफूलाई सैन्य अधिकृत, व्यापारी वा उच्च पदस्थ पेशाकर्मीका रुपमा प्रस्तुत गर्छन्। उनीहरुले पीडितको व्यक्तिगत जानकारीलाई राम्रोसँग केलाउँछन् र अंग्रेजीमा कुराकानी थाल्छन् ।

‘जसै कुराकानी बाक्लिन थाल्छ उनीहरु रोमान्टिक रुपमा प्रस्तुत हुन्छन् र साइबर प्रेमी बन्न पुग्छन्,’ हङकङ प्रहरीका प्रवक्ता भन्छन्, ‘प्रायः के देखिन्छ भने प्रेमी र प्रेमिका बीच देखादेखसम्म भएको हुँदैन ।’

महिला प्रेममा फसिसकेको पक्का भएपछि विदेशमा रहेको पे्रमीले व्यवसायमा संकट परेको, आर्थिक अभाव भएको वा प्रेमिकालाई पठाउने उपहारको भन्सार छुटको लागि भन्दै रकम माग गर्छ।

कोरोना महामारीले मान्छेलाई घरमै थुनेपछि र सामाजिक दुरीका कारण साइबर प्रेमको जोखिम बढ्दै गएको छ।

कोरोना कहरका कारण यो वर्ष  महिनौसम्म घरबाटै काम गर्नुपर्ने अवस्था आयो। मान्छेहरु घरभित्र एक्ला भए। यस्तो बेला उनीहरुलाई कसैको साथ चाहियो।  

नोभेम्बरमा भएको एउटा अध्ययनमा एक्लोपनले आममानिसको मानसिक स्वास्थ्यमा गम्भीर प्रभाव परेको देखिएको थियो ।

उक्त अध्ययनमा सहभागीमध्ये झण्डै ६५ प्रतिशतले डिप्रेसन, चिन्ता वा तनाव असामान्य तहमा पुगेको बताएका थिए ।

यस्तो एक्लोपन ठग साइबर प्रेमीका लागि गज्जबको अवसर बनेको छ।

हङकङकी डेटिङ तथा रिलेसनसिप कोच भ्यालेन्टिना टुडोस भन्छिन्, ‘ठग प्रेमीहरुको लागि कोरोना महामारी ठूलो अवसर भएको छ। यस्तो बेला उनीहरु क्वारेन्टिनका कारण विदेशमा फसेकाले सशरीर भेट्न नसकिने तर्क गर्छन्।’ पे्रमिकालाई पनि होला नि त भन्ने लाग्छ ।

हङकङ प्रहरीमा यस वर्ष परेका यस्तै ठगीका उजुरीको तथ्यांक केलाउने हो भने ९० प्रतिशतभन्दा धेरै १५ वर्षदेखि ८५ वर्षसम्मका महिला छन्, जसले १६० मिलियन हङकङ डलर गुमाए ।

हङकङमा उच्च तहको लैंगिक समानता हुँदाहुँदै पनि यस्तो असन्तुलन किन त ? भ्यालेन्टिना भन्छिन्, ‘यो असन्तुलन अदृश्य  समाजिक दबाबका कारण सिर्जना भएको हो।’

उनका अनुसार स्कुल–कलेजमा पढ्ने महिलालाई तिनका बाआमाले प्रेममा होइन पढाइमा ध्यान दिनु भनेर थर्काएका हुन्छन् । त्यसपछि २४–२५ उमेरमा राम्रो जागिरमा पुगेका अधिकांश केटीहरुको डेटिङ अनुभव शून्यप्रायः हुन्छ ।

यही बेला परिवारले विवाहको कुरा गर्न थाल्छ । यस्तो अवस्थामा ठगहरुले महिलाको भावनामाथि खेल्न थाल्छन् ।

चाइनिज युनिभर्सिटी अफ हङकङका लैंगिक तथा यौनिकता विज्ञ सह–प्राध्यापक चान लिक–साम, हङकङका महिलाले आफ्ना रोमान्टिक प्रयत्न र लैंगिक भूमिकामा विरोधाभासपूर्ण मागको सामना गरिहरहेको बताउँछन् ।

उनका अनुसार समाजले युवतीलाई ‘कोङ गर्ल’ को पुरातन छापबाट टाढै रहनु पर्ने अपेक्षा राख्छ भने बढी सबल हुँदा पनि नकारात्मक दृष्टिले हेरिन्छ ।

हङकङमा भौतिकवादी, अहंकारी, प्रेमीले उसका लागि टन्नै खर्च गरोस भन्ने मान्यता रहेका युवतीका लागि ‘कोङ गर्ल’ भन्ने शब्द प्रचलनमा छ। 

जनसंख्याको चाप भएको हङकङमा परम्परागत पारिवारिक दबाबलाई सजिलै पन्छाउन सकिने अवस्था छैन ।

उच्च घरभाडाले गर्दा पनि अधिकांश युवा आफ्ना बाआमासँगै एउटै घरमा बस्ने गर्छन् ।

सन् २०१९ को सरकारी तथ्यांकअनुसार १५ देखि २४ वर्षका ९० प्रतिशतभन्दा बढी युवा तथा २५ देखि ३४ वर्षका आधाभन्दा बढी युवा परिवारसँग एउटै घरमै बस्ने गर्छन् ।

हङकङका युवा महिलालाई प्रेम तथा विवाहको दबाब छ भने अधिक उमेरका महिला भने वच्चा पाउने आशामा ठगिन पुग्छन् ।

३० वर्षभन्दा माथिकाहरुलाई त हङकङमा झनै समस्या छ किनभने प्रत्येक दुई पुरुषको भागमा तीन महिला पर्छन् ।

चानका अनुसार परम्परागत सांस्कृतिक मान्यताले गर्दा पनि थप दबाब परेको छ। किनभने २५ देखि ३५ वर्षसम्म विवाह नभएका महिलालाई ‘अरुले छोडेको’ मानिन्छ । र, तिनीहरुलाई राम्रो जोडी वा सफल दाम्पत्य जीवन प्राप्त हुन नसक्नेका रुपमा हेरिन्छ।

‘महिलालाई आफ्नो करियर विकास गर्न प्रोत्साहित त गरिन्छ तर कोसँग डेटिङ गर्ने र कोसँग विवाह गर्ने भन्ने विषयमा अझैसम्म पनि सांस्कृतिक मान्यता नै हावी छ,’ चान भन्छन्, ‘यही अपवादलाई चिर्न पनि अधिक उमेरका महिला सम्बन्ध विस्तार गर्ने प्रयास गर्छन् तर ठगको जालमा पर्छन् ।’

४७ वर्षीया मिडियाकर्मी किट्टीले अनलाइन डेटिङका क्रममा आफू चार पटक ठगसँग ठोक्किन पुगेको बताइन् ।

उनले महिनौंसम्म कुरा गरेको एउटा केटोले आफू टर्कीमा फसेको र २० हजार पाउण्डको आवश्यकता भएको बतायो । 

उनले त्यो सम्बन्धलाई टुंग्याइदिइन् ।  ‘तर झन् एक्लो महशुस भइरह्यो,’ उनी भन्छिन्, ‘मेरो पेशा त राम्रोसँग अघि बढेकोे छ तर, मेरो जीवन शून्य छ। कहिलेकाहीं म आफूलाई असन्तुलित भएको र बुढी भएको ठान्छु ।’

जब कसैले आफूलाई भावनात्मक रुपमा एक्लो ठानिरहेका हुन्छ त्यस्तो बेला आफूप्रति स्नेह देखाउनेसँग सजिलै नजिकिन्छ। 

एक्लोपन यो वर्षको मुख्य एजेण्डा बनेको छ। र, कोरोना महामारीले ल्याएको यो एक्लोपन दीर्घकालसम्म रहलाजस्तो देखिन्छ। किनभने धेरैले घरबाटै काम गर्नु परिरहेको छ र यात्रा गर्ने र समाजमा घुलमिल हुन पाउने अवसर न्यून देखिन्छ ।

यसले अनलाइनका ठगलाई भने अवसर उपलब्ध गराएको छ।

पैसा माग गर्ने अनलाइन डेटहरुबाट वाक्क भइसकेकी इभोनी पुरुषलाई प्रत्यक्ष नभेट्दासम्म उसका कुरामा विश्वास गर्न नहुने बताउँछिन्। 
उता किट्टी हङकङका महिलाको डेटिङ सम्बन्धी बुझाइमा आमूल परिवर्तन आउनु पर्ने बताउँछिन्। 

‘छिट्टै एकोहोरो प्रेममा गहिरिनुु राम्रो हुँदैन। मैले आफूमा भएको अपूर्णतालाई खोज्न अनलाइन डेटिङ थालें तर त्यहाँ त कोही पनि हुँदा रहेनछन् । वास्तवमा हामी जे छौं आफैंमा पूर्ण छौं ।’

सर्मिन लीको बीबीसी वर्कलाइफमा प्रकाशित यो रिपोर्ट महेश्वर आचार्यले अनुवाद गरेका हुन्
 

प्रकाशित: Dec 05, 2020| 11:24 शनिबार, मंसिर २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।