बिहीबार, वैशाख १३, २०८१

एक घण्टा पर्वतीय उडानको भाडा आठ हजार नौ सय रुपैयाँ 

बन्दाबन्दीको करिब आठ महिनापछि शनिबारदेखि नियमित पर्वतीय उडान सुरु भएको छ।
 |  शनिबार, मंसिर २०, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर २०, २०७७

काठमाडौं-  बन्दाबन्दीको करिब आठ महिनापछि शनिबारदेखि नियमित पर्वतीय उडान सुरु भएको छ। कोभिड–१९ सङ्क्रमणका कारण बन्द रहेको मुलुकको पर्वतीय उडान औपचारिक रुपमा खुलेको हो। 

triton college

महामारीका कारण विदेशी पर्यटक नभए पनि आन्तरिक पर्यटकलाई लक्षित गर्दै निजी क्षेत्रका ठूला वायुसेवा कम्पनी बुद्ध एयर र यती एयरलाइन्सले पर्वतीय उडान सुरु गरेका हुन्। बुद्ध एयरले शनिबार एक एटिआर–७२ र दुई थान एटिआर–४२ जहाजमार्फत तीन उडान गर्याे। उडानमा १५० यात्रु सहभागी थिए। 

त्यस्तै यती एयरलाइन्सले एक एटिआर–७२ र एक जेटस्ट्रिम जहाजबाट ९२ यात्रुलाई पर्वतीय उडान गराएको कम्पनीले जनाएको छ। यी दुवै कम्पनीले अब हरेक शनिबार पर्वतीय उडान गर्नेछन् । यात्रुको माग बढेमा उडान थप्ने उनीहरुको योजना छ।
    
यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले शुरुआती पर्वतीय उडान उत्साहवर्धक रहेको र थप उडानको बुकिङसमेत राम्रो रहेकाले बीचमा उडान सङ्ख्या पनि बढाउन सकिने बताए। यतीले हरेक शनिबार दुई पर्वतीय उडान गर्नेछ। 

बुद्ध एयरले पनि तीन उडान गर्ने जनाएको छ। सामान्य अवस्थामा बुद्धले पर्यटकीय मौसममा दैनिक आठदेखि नौ र कम्तीमा चार उडान गर्ने गरेको थियो। बुद्धले पर्वतीय उडानका लागि आठ हजार ९०० भाडादर तोकेको छ।

अहिले पर्वतीय उडानका लागि अनुकूल मौसम मानिन्छ। सर्वोच्च शिखर सगरमाथासहितका आकर्षक एवं मनोरम हिमशंखला दृश्यावलोकनका लागि पर्वतीय उडान निकै आकर्षक मानिन्छ। 

corrent noodles
Metro Mart

पर्वतीय उडानका लागि स्वदेशी तथा विदेशी यात्रु निकै लालायीत हुन्छन् । 

पर्वतीय उडानमा विदेशी तथा नेपाली दुवैको आकर्षण रहे पनि अहिले विदेशी पर्यटकको चहलपहल छैन। 

नेपालमा कोभिड नियन्त्रणका लागि गत चैत ११ देखि देशभर लागू भएको बन्दाबन्दी र पछिल्लो निषेध आदेश कारण हवाई उडान खुलेको थिएन। असोज ५ देखि आन्तरिक उडान सञ्चालनमा आएको थियो भने भदौ १६ बाट अन्तर्राष्ट्रिय नियमित उडान सुरु भएको थियो।

आन्तरिक पर्यटलाई आकर्षण गर्नेगरी एयरलाइन्सले छुट तथा अफरसहित पर्वतीय उडान सञ्चालन गरेका हुन्। 

बुद्ध र यतीले पर्वतीय उडानका यात्रुले एक टिकट खरिद गर्दा थप एक टिकट निःशुल्कको व्यवस्था गरेका छन्। कोरोना सङ्क्रमण कायमै रहेको र विदेशी पर्यटक उल्लेख्य सङ्ख्यामा नआएकाले पनि एयरलाइन्सले आन्तरिक पर्यटकलाई आकर्षण गर्न उडान सुरु गरेका छन्।

शनिबार बिदाको समय भएकाले परिवार आफन्त तथा साथीभाइ घुम्न सहज र सुलभ होस् भन्ने हेतुले अहिलेलाई अफर ल्याइएको एयरलाइन्सले जनाएका छन्।
    
१० महिनापछि यतीको पहिलो उडान    

झन्डै १० महिनापछि आज यती यरलाइन्सले पहिलो पर्वतीय उडान गरेको छ। कम्पनीले प्रत्येक शनिबार एउटा उडान गर्नेगरी बुकिङ सुरु गरेको भए पनि यात्रुको मागबमोजिम दुई उडान गरिएको विज्ञप्तिमार्फत जनाएको हो। 

एयरलाइन्सका हवाई सुरक्षा प्रमुखसमेत रहेका प्रवक्ता सुदर्शन बर्तौलाले यात्रुको माग बढेकाले अब प्रत्येक शनिबार एटीआर–७२ जहाजमार्फत दुई वटा पर्वतीय उडान हुने बताए। 

“हाम्रो सगरमाथाकै उचाइ बराबरको भाडादरमा दुई वटा टिकट पाइने आकर्षक प्याकेज, सङ्क्रमणरहित उडानका लागि हामीले अपनाएका विधि र प्रक्रियाप्रति यात्रुको विश्वास बढेकाले हामीलाई अझ उत्साहित बनाएको छ”, उनले भने।

बिहान ७ः२० मा पहिलो उडान भरेको यतीले शनिबार ९२ जना यात्रुलाई पर्वतीय उडानमा लगेको थियो। नेपाली यात्रु तथा आवासीय विदेशी नागरिक र भारतीय नागरिकका लागि छुट्टाछुट्टै प्याकेज ल्याएको यतीले दुई टिकटका लागि क्रमशः रु आठ हजार ८४८र र १३ हजार २७५ भाडादर तोकेको छ। 

पर्वतीय उडान काठमाडौंबाट आवतजावत गरी एक घण्टाको हुन्छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान सुरु भई गणेश हिमाल, सगरमाथा हुँदै कञ्चनजंघा हिमाल नजिक पुगेर पुनःकाठमाडौंमा अवतरण हुन्छ। रासस

प्रकाशित: Dec 05, 2020| 07:54 शनिबार, मंसिर २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।