मंगलबार, वैशाख ११, २०८१

पेट्रोल पम्प भाडामा लगाउन नपाइने

पेट्रोलियम पदार्थको बिक्रेताले पम्प भाडामा लगाउन नपाउने भएका छन्।
 |  शुक्रबार, मंसिर १९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १९, २०७७

काठमाडौं- पेट्रोलियम पदार्थको बिक्रेताले पम्प भाडामा लगाउन नपाउने भएका छन्।

triton college

पछिल्लो समय विभिन्न स्थानमा सञ्चालित पम्प भाडामा लगाएको पाइएपछि निगमले एक सूचना प्रकाशन गर्दै पम्म भाडामा लगाउन नपाउने जनाएको हो। 

निगमले जारी गरेको सूचनामा भनिएको छ, ‘पेट्रोलियम पदार्थ बिक्रेता विनियमावली २०७५ को परिच्छेद–६ विनियम ३० (ड)’ मा व्यवस्था भएअनुसार कुनै पनि बिक्रेताले पम्प भाडामा लगाएमा निगमले आपूर्ति बन्द गर्न सक्नेछ भन्ने प्रावधान रहेको छ। यस प्रावधानअनुसार बिक्रेताले आफ्नो पम्प भाडामा नदिई विनियमावलीबमोजिम आफैँ सञ्चालन गर्न अनुरोध गरिएको छ।’

निगमले पटक÷पटक भाडामा नलगाउन अनुरोध गर्दै आएको भन्दै विनियमावली विपरीत कसैले पम्म भाडामा लगाएको पाइएमा कारबाही हुने जनाएको छ। रासस

प्रकाशित: Dec 04, 2020| 11:00 शुक्रबार, मंसिर १९, २०७७
प्रतिक्रिया दिनुहोस्