शुक्रबार, वैशाख ७, २०८१
  • गृहपृष्ठ
  • समाज
  • शुभेच्छुकप्रति कांग्रेस वरिष्ठ नेता पौडलले व्यक्त गरे आभार

शुभेच्छुकप्रति कांग्रेस वरिष्ठ नेता पौडलले व्यक्त गरे आभार

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूमाथि भएको सरकारी दमनको विरुद्ध सहानुभूति, समर्थन, शुभेच्छा र ऐक्यबद्धता जनाउने सबैप्रति आभार व्यक्त गरेका छन्।
 |  शुक्रबार, मंसिर १९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १९, २०७७

काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूमाथि भएको सरकारी दमनको विरुद्ध सहानुभूति, समर्थन, शुभेच्छा र ऐक्यबद्धता जनाउने सबैप्रति आभार व्यक्त गरेका छन्।

triton college

तनहुँको व्यास नगरपालिकास्थित बुल्दी पुल उद्घाटनका क्रममा बुधबार नेता पौडेलसहित कांग्रेस पार्टीका नेताकार्यकर्ता पक्राउ परेका थिए। नेता पौडेललाई तीन घण्टापछि मुक्त गरिएको थियो।

पौडेलले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘सरकारी दमन र बर्बरताका विरुद्ध मेरो पार्टीका सभापति, नेताहरु, देशभरिका जिल्ला सभापतिसहित पार्टीका सिंगो पंक्ति अन्य दलका नेताहरु, मानवअधिकारकर्मी, सञ्चारकर्मी, विदेशस्थित जनसम्पर्क समिती र  देश विदेशका लोकतन्त्र एवं स्वतन्त्रताप्रेमी जनताहरुले  देखाउनुभएको अपूर्व सहानुभूति, समर्थन, शुभेच्छा र ऐक्यबद्धताप्रति म हृदयदेखि नै आभार व्यक्त गर्न चाहन्छु।’ 

उनले यो शुभेच्छालाई लोकतन्त्रप्रतिको समर्थन र निरंकुश बर्बरताका विरुद्धको रुपमा लिएको बताएका छन्।

पौडेलले भनेका छन्,  ‘शान्तिपूर्वक भेला हुन र जनस्तरीय कार्यक्रममा सहभागी हुन पाउने संवैधानिक  हकविरुद्ध वर्तमान कम्युनिस्ट निरंकुश सरकारले मसहित पार्टीका साथीहरुलाई पक्राउ गरी देखाएको अलोकतान्त्रिक चरित्रको जति निन्दा गरे पनि पुग्दैन।’

corrent noodles
Metro Mart

वरिष्ठ नेता पौडेलले शुभेच्छुकहरुको अपार माया, सदभाव र शुभेच्छाले आफूलाई लोकतन्त्रप्रतिको कठोर र कठिन आन्दोलनमा निष्ठापूर्वक लड्ने तथा विकास र जनताका काममा समर्पित हुन सदैव ऊर्जा शक्ति प्रदान गरेको बताएका छन्। 

प्रकाशित: Dec 04, 2020| 08:08 शुक्रबार, मंसिर १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।