काठमाडौं - जारी प्रधानमन्त्री (पीएम) कप राष्ट्रिय एक दिवसीय क्रिकेटअन्तर्गत समूह ‘बी’को पहिलो खेलमा बागमतीविरुद्ध नेपाल प्रहरीको विभागीय टिमले ११२ रनको झिनो लक्ष्य प्रस्तुत गरेको छ।
त्रिभुवन विश्वविद्यालयको मैदानमा जारी खेलमा नेपाल प्रहरीले २९ ओभर तीन बलमा पूरा विकेट गुमाएर १११ रन बनाएको हो।
टस हारेर ब्याटिङको निम्तो पाएको प्रहरीका दीपेन्द्रसिंह ऐरी र आरिफ शेखले समान २१/२१ रन बनाए।
त्यस्तै ओपनर सुनिल धमला र कुशल भुर्तेलले समान १७/१७ रन बनाउनुबाहेक अन्य खेलाडीले सम्झनलायक प्रदर्शन गर्न सकेनन्।
यता बागमतीका लागि तिलक भण्डारी र नन्दन यादवले समान ४/४ विकेट लिए भने रामनरेश गिरीले दुई विकेट लिए।