काठमाडौं– बैंक अफ काठमाण्डू लिमिटेडले बिओके सफलता मुद्दति खातामा उच्चतम व्याजदरका साथ रु. ११ लाखसम्मको बीमा सुविधा सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडको सहकार्यमा उपलब्ध गराउँदै आइरहेको छ ।
बिमा सुविधा अन्तर्गत दुर्घटनाजन्य मृत्यु तथा पूर्ण अशक्तताको लागि रु. पाँच लाख, १८ प्राणघातक रोगहरुको लागि रु. पाँच लाख तथा औषधी उपचारको लागि रु. एक लाखको बिमा सुविधा रहेको छ ।
यसै सुविधा अन्तर्गत रुद्रप्रसाद वस्तीलाई बैंकले रु. पाँच लाख बिमा दाबी रकम भुक्तानी हस्तान्तरण गरेको छ ।