काठमाडौं- यूरोपा लिग अन्तर्गत बिहीबार राति सम्पन्न खेलमा प्रिमियर क्लब आर्सनलले घरेलु मैदानमा सहज जित निकालेको छ।
उसले र्यापिड विनविरुद्ध ४-१ गोलको जित निकाल्दा अलेक्जेन्डर ल्याकजेट, पाबलो मारी, एडी एकेटिह र इमिली स्मिथले समान १–१ गोल गरे।
दुई खेल अगावै युरोपा लिगको नकआउट चरणमा पुगेको आर्सनल समूह बीको शीर्षस्थानमा रहँदै १५ अंक बनाएको छ। त्यस्तै दोस्रो स्थानमा मोल्डेको ९ अंक छ।
अब सले अर्को खेलमा बराबरी खेले वा जित निकाले नकआउट चरणमा प्रवेश पाउनेछ।
त्यस्तै, बिहीबारकै अर्को खेलमा जोर्य लुहानसकको मैदानमा लेस्टर सिटी पराजित भएको छ। प्रतिस्पर्धात्मक खेलमा सिटीले १–० गोलको हार बेहोरेको हो।
हारका बाबजुद समूह जीको शीर्षस्थानमा रहँदै लेस्टर सिटी लिगको नकआउट चरणमा प्रवेश गरेको छ।
बिहीबारको अर्को खेलमा भने टोटेनहम लास्कसँग बराबरीमा रोकिएको छ। लास्कको मैदानमा सम्पन्न खेलमा टोटेनहमले ३–३ गोलको बराबरी खेलेको हो।