शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • ग्लोबल आईएमई बैंक र पश्चिम रूकुमका दुई नगरपालिकाबीच सहुलियतपूर्ण कर्जाका लागि सम्झौता

ग्लोबल आईएमई बैंक र पश्चिम रूकुमका दुई नगरपालिकाबीच सहुलियतपूर्ण कर्जाका लागि सम्झौता

ग्लोबल आईएमई बैंक र रुकुम पश्चिमको मुसिकोट तथा आठबीसकोट नगरपालिकाबीच सहुलियतपुर्ण कर्जाका लागि सम्झौता भएको छ।
 |  बिहीबार, मंसिर १८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर १८, २०७७

काठमाडौं। ग्लोबल आईएमई बैंक र रुकुम पश्चिमको मुसिकोट तथा आठबीसकोट नगरपालिकाबीच सहुलियतपुर्ण कर्जाका लागि सम्झौता भएको छ।

triton college

बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र मुसिकोट नगरपालिका प्रमुख देवीलाल गौतम तथा आठबीसकोट नगरपालिका प्रमुख गोरखबहादुर केसीका बीच छुट्टाछुट्टै सम्झौता पत्रमा हस्ताक्षर भएको हो। 

नगरपालिकाले उद्यम/व्यवसाय गर्न इच्छुक समूहलाई परामर्श तथा उद्यमशीलतासम्बन्धी तालिम दिनेछ।

तालिम पाएका किसान वा व्यवसायीको समूह बनाएर नगरपालिकाले कर्जाका लागि बैंकमा सिफारिस गर्नेछ।

प्रकाशित: Dec 03, 2020| 14:37 बिहीबार, मंसिर १८, २०७७
प्रतिक्रिया दिनुहोस्