बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • सर्वसत्तावादविरुद्धको आन्दोलन उसै नरोकिनै पौडेलको चेतावनी

सर्वसत्तावादविरुद्धको आन्दोलन उसै नरोकिनै पौडेलको चेतावनी

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले  तनहुँबाट सुरु भएको सर्वसत्तावादविरुद्धको आन्दोलन उसै नरोकिने चेतावनी दिएका छन्।
 |  बिहीबार, मंसिर १८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर १८, २०७७

पोखरा– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले  तनहुँबाट सुरु भएको सर्वसत्तावादविरुद्धको आन्दोलन उसै नरोकिने चेतावनी दिएका छन्। नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रलाई सही अर्थमा साकार नगरेसम्म आन्दोलन नरोकिने उनको भनाइ छ। 

triton college

तनहुँको व्यास नगरपालिकास्थित बुल्दी खोलाको पुल बिहीबार उद्घाटन गर्दै ओलीले कम्युनिस्ट कहिल्यै लोकतन्त्रवादी नहुने भन्दै प्रधानमन्त्री केपी ओलीको पनि चर्को आलोचना गरे।

उनले भने, ‘मलाई लागेको थियो, केपी ओली सुध्रे होलान् भनेर। तर सध्रने त कुनै छाँट छैन। कम्युनिस्ट कहिल्यै लोकतन्त्रवादी हुँदैनन्।’ 

उनले प्रधानमन्त्री ओली लोकतन्त्रका लागि नभई व्यक्ति हत्या मुद्दामा १४ वर्ष जेल बसेको बताए। पौडेलले झापा काण्डमा व्यक्ति हत्या मुद्दामा ओली १४ वर्ष जेल बसेको बताएका हुन्।

‘कसले भन्यो ओली लोकतन्त्रको नाममा १४ वर्ष जेल बसे भनेर? ज्यान मुद्दामा बसेको हो,’ उनले भने, ‘कहाँबाट लोकतन्त्रका लागि बसे? रामचन्द्र पौडेलजस्तो आस्थाका लागि बसेको होइन।’

corrent noodles
Metro Mart

उनले तनहुँको घटनाले प्रजातन्त्रवादीहरु देशैभर जागेको पनि बताए। उनले अब भ्रष्टाचारविरुद्ध पनि आन्दोलन केन्द्रित हुने बताए। 

‘ठूला–ठूला घोटाला गर्नेहरु, अर्बौंको काण्डका रचयितालाई संरक्षण दिन, साना भुरा माछा खाँदै हिँड्ने त्यो अख्तियारलाई पनि ठेगान लगाउने आन्दोलन हुन्छ,’ नेता पौडेलले भने, ‘अबको आन्दोलन अख्तियारको घाँटी समाउने मात्र होइन न्यायिक निकायलाई पनि सावधान गर्ने आन्दोलन हुन्छ। अब यहाँ सत्ता हेरेर फैसला गर्ने? अब हुन सक्दैन।’

कार्यक्रममा काङ्ग्रेस केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शङ्कर भण्डारीले गत निर्वाचनमा भएको हारको समीक्षा गर्दै आफूलाई सच्याएर अबको चुनावका लागि तयारी गर्नुपर्नेमा जोड दिए। 

पार्टी केन्द्रीय सदस्य गोविन्द भट्टराईले पार्टीलाई एक ढिक्का बनाउनु अहिलेको आवश्यकता रहेको बताए। अर्का केन्द्रीय सदस्य प्रदीप पौडेलले नेपालमा अझै पनि राजनीतिक संस्कारको विकास हुन आवश्यक रहेकोमा जोड दिए।

आमन्त्रित केन्द्रीय सदस्य ध्रुव वाग्ले, गण्डकी प्रदेशसभा सदस्य कृष्णचन्द्र नेपाली, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेलगायतले विकासका विषयमा काङ्ग्रेस प्रतिबद्ध रहेको जनाए।

२०७३ वैशाखमा सुरु भएको ४५ मिटर लामो पुल  २०७५ कात्तिक ९ गते निर्माण सम्पन्न भएको हो। तत्कालीन जिल्ला विकास समितिमार्फत दुई करोड ५४ लाखमा निर्माण  भएको पुलले रानीगाउँ, डिहीगाउँ, शेवर, दुम्सीचौर, दुम्सीकोट, निर्बु, बराहखोला, अँधेरीभञ्ज्याङ, पोखरेलफाँटलगायतका बासिन्दालाई प्रत्यक्ष फाइदा पुगेको पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष खड्गबहादुर अधिकारीले जानकारी दिए।

चार दिनदेखि गृहजिल्लामा रहेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बिहीबार व्यास १, १० र ११ जोड्ने पुल उद्घाटन गरेका हुन् । 

पुल उद्घाटनका विषयमा नेकपा र कांग्रेसबीच मनमुटाव थियो। 

वरिष्ठ नेता पौडेललाई चुनावमा हराएका किसान श्रेष्ठ प्रतिनिधिसभा सदस्यको हैसियतले उक्त पुल उद्घाटन गर्न चाहन्थे। 

उपभोक्ता समितिले पौडेलबाटै पुल उद्घाटन गर्ने भनेपछि नेकपा निकट युवाहरु प्रदर्शनमा उत्रिए। त्यसले स्थिति झन् तनावग्रस्त बन्ने भन्दै प्रशासनले बुधबार दिउँसो १२ बजेदेखि साँझ ६ बजेसम्म पुल क्षेत्रमा निषेध आदेश गरेको थियो। 

निषेध आदेशकै बीचमा पौडेल पुल उद्घाटन गर्न गएपछि झडप हुन सक्ने भन्दै प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो।

बुधबार साँझ छुटेका उनी बिहीबार दिउँसो दमौलीस्थित कांग्रेस कार्यालयबाट जुलुससहित पौडेल पुल उद्घाटन गर्न पुगेका हुन्। कांग्रेस कार्यकर्ताले स्थानीय प्रशासन र सरकारविरुद्ध नाराबाजी गरेका थिए। 

प्रकाशित: Dec 03, 2020| 13:17 बिहीबार, मंसिर १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।