काठमाडौं– नेपालमा आज बिहीबार दुईवटा जिल्लामा एक जना पनि सक्रिय कोरोना संक्रमित छैनन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबै जिल्लामा कोरोना संक्रमण पुष्टि भए पनि अहिले मनाङ र डोल्पामा कोरोना संक्रमित छैनन्।
हालसम्म मनाङमा जम्मा ५ जना संक्रमित भए पनि उनीहरु संक्रमणमुक्त भएका छन्। डोल्पामा ३० जनामा संक्रमण पुष्टि भएकोमा उनीहरु पनि संक्रमणमुक्त भइसकेका छन्।
मन्त्रालयको तथ्यांकअनुसार ६ जिल्लामा भने ५ सयभन्दा बढी सक्रिय संक्रमित छन्। ती जिल्लाहरुमा झापा, मोरङ, काठमाडौं, भक्तपुर, ललितपुर र कास्की छन्।