मंगलबार, वैशाख ११, २०८१
  • गृहपृष्ठ
  • समाज
  • ओली प्रधानमन्त्री रहिरहने भए अध्यक्ष पद छाड्नैपर्छ : देवेन्द्र पौडेल

ओली प्रधानमन्त्री रहिरहने भए अध्यक्ष पद छाड्नैपर्छ : देवेन्द्र पौडेल

नेपाल कम्युनिस्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्रको समस्याको निकास दिन अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एक पद छाड्नै पर्ने बताएका छन्।
 |  बिहीबार, मंसिर १८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर १८, २०७७

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्रको समस्याको निकास दिन अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एक पद छाड्नै पर्ने बताएका छन्।

triton college

रिपोर्टर्स क्लबको साक्षात्कार कार्यक्रममा बोल्दै पौडेलले एक पद छाड्नेबाहेकमा कुनै सम्झौता नहुने स्पष्ट पारे।

‘ओली प्रधानमन्त्री रहने भए अध्यक्ष छोड्नुपर्छ। एक पद मात्रै लिनुपर्छ। अब ओलीसँग सम्झौता हुँदैन’, पौडेलले भने।

उनले पार्टीलाई फुटको दिशातर्फ लैजाने काम कसैले पनि गर्न नहुने बताए। ‘पार्टी फुटाउनु हुँदैन, एक बनाउनैपर्छ,’ उनले भने।

पार्टीको विधान र पद्धतिअनुसार ओली अघि बढेको खण्डमा विवाद समाधान हुने पौडेलको भनाइ छ। 

corrent noodles
Metro Mart

नेकपा विवादले संकटपूर्ण अवस्था सिर्जना गरेको भन्दै उनले अव समस्या समाधान गर्ने  जिम्मा ओलीले लिनुपर्ने बताए। सचिवालय बैठकमा पेश भएको दुवै अध्यक्षको प्रतिवेदनमाथि गहन छलफल गरेर मात्रै निकास निस्कने उनको भनाइ थियो। त्यसका लागि ओली तयार हुनुको विकल्प नभएको पौडेलले बताए।

दुवै अध्यक्षको प्रतिवेदनलाई छलफलको विषय बनाउँदा नै विवाद समाधानको उपाय भेटिने उनको भनाइ छ। 

फरक प्रसंगमा पौडेलले तनहुँमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले पक्राउ गर्नु गलत भएको बताएका छन्।

‘लोकतन्त्र हाम्रो जीवनपद्धति हो, पौडेललाई नियन्त्रणमा लिन दुखद कुरा हो’, उनले भने। वरिष्ठ नेतालाई सम्मान गर्नुपर्ने भन्दै उनले तनहुँको घटनामा पार्टीको संलग्नता नरहेको दाबी गरे। ‘पार्टीको संलग्नता छैन, जिल्ला प्रशासनको काम हो। कार्यक्रममा रोक लगाउनु हुँदैनथ्यो। निषेधाज्ञा जारी गर्नु गलत हो।’ उनले भने।

कार्यक्रममा नेपाली कांग्रेसका नेता दीपक खड्काले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा बादलले माफी नमागेसम्म आन्दोलन नरोकिने बताए। वरिष्ठ नेता रामचन्द्र पौडेललाई पक्राउ गरेकोमा ओली र बादल दुवैले माफी माग्नुपर्ने भन्दै देशव्यापी आन्दोलन हुने बताए।

नेता खड्काले भने, ‘प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रामबहादुर थापाले माफी नमागेसम्म आन्दोलन जारी रहन्छ।’ १४ वर्ष जेल बसेर राजनीतिक अन्दोलनमा महत्वपूर्ण भूमिका खेलेका वरिष्ठ नेतालाई सामान्य विषयमा नियन्त्रणमा लिनु लोकतन्त्रमाथिको हमला भएको खड्काको तर्क छ। ‘यो सरकार उन्माद र तानाशाही प्रवृत्तिमा चलेको छ। निरंकुशतामा चलेको सरकारलाई सहेर बस्दैनौँ’, खड्काले भने।

सडक र सदनबाट आन्दोलनको आँधीबेहेरी ल्याएर सरकारलाई बढार्ने चेतावनी खड्काले दिएका छन्।कांग्रेस एक भएर लोकतान्त्रिक मूल्य र मान्यता जोगाउनका लागि अघि बढ्ने बताउँदै उनले राणा र राजा फाल्ने कांग्रेसलाई कम्युनिष्ट फाल्न कुनै समस्या नहुने पनि बताए।

त्यसैगरी, खड्काले पछिल्ला दिनमा राजावादीहरुसलबलाएर लोकतन्त्रमाथि हमला भएको टिप्पणी गरे। सरकारको कमजोरीका कारण राजसंस्थाको एजेण्डा उठेको भन्दै यसको जिम्मेवारी पनि ओली सरकारले लिनुपर्ने खड्काको भनाइ छ।

प्रकाशित: Dec 03, 2020| 10:10 बिहीबार, मंसिर १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।