शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • समाज
  • भेन्टिलेटरमा पुगेका काेराेना संक्रमितलाई बचाउनै कठिन 

भेन्टिलेटरमा पुगेका काेराेना संक्रमितलाई बचाउनै कठिन 

कोरोना संक्रमण भएर अस्पताल भर्ना भएका बिरामी लामो समयसम्म निको हुन सकेका छैनन् भने आईसीयू र भेन्टिलेटरमा पुगेकालाई बचाउन कठिन हुन थालेको छ।
 |  बिहीबार, मंसिर १८, २०७७

ज्योति अधिकारी

ज्योति अधिकारी

बिहीबार, मंसिर १८, २०७७

पछिल्ला दिनमा कोरोना संक्रमण भएर अस्पताल भर्ना भएका बिरामी लामो समयसम्म निको हुन सकेका छैनन् भने आईसीयू र भेन्टिलेटरमा पुगेकालाई बचाउन कठिन हुन थालेको छ।

triton college

काठमाडौं– नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्दो छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार दैनिक करिब २५ जना हाराहारी संक्रमितको मृत्यु भएको छ। 

जेठ ३ गते पहिलोपटक कोरोना संक्रमितको मृत्यु भए पनि साउन १९ गतेदेखि दैनिक रुपमा संक्रमितको मृत्यु हुन थालेको हो।  बुधबारसम्म आइपुग्दा कोरोना संक्रमणबाट एक हजार ५३८ जनाको मृत्यु भएको छ। 

पछिल्लो साता १४९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। नेपालको अहिलेको मृत्युदर ०.६५ प्रतिशत छ। यो दर हेर्दा कोरोना महामारीको मृत्युदर अझै बढ्ने आँकलन विज्ञहरुको छ। 

असोजसम्म भरिभराउ काठमाडौं उपत्यकाका अस्पतालका आइसोलेसन बेड पछिल्लो समय खाली हुँदै गएका छन्। तर आईसीयू र भेन्टिलेटर भने खाली हुन पाएका छैनन्। 

corrent noodles
Metro Mart

सुरुदेखि नै कोभिड–१९ संक्रमित बिरामीको उपचार गराउँदै आएको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका आइसोलेसन बेड अहिले खाली छन्।

अघिल्लो महिनासम्म आइसोलेसन बेड अभाव रहेको अस्पतालमा हाल केही बेडमा मात्रै संक्रमित रहेको निर्देशक सागर राजभण्डारीले बताए। उनका अनुसार आईसीयू तथा भेन्टिलेटरमा भने बिरामीलाई पालो पाउन मुस्किल छ। 

संक्रमित ४० दिनसम्म  भेन्टिलेटरमा

शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका निर्देशक सागर राजभण्डारीका अनुसार अहिले अस्पताल आएका बिरामीलाई पहिलाको भन्दा धेरै समय राख्नुपरेको छ।

पहिला १० दिन हाराहारीमा घर पठाइन्थ्यो भने अहिले तीन सातसम्म राख्नुपरेको उनी बताउँछन्। अस्पतालका अनुसार कतिपय त ४० दिनसम्म भेन्टिलेटरमा राखेपछि संक्रमणमुक्त भएका छन्।

उनले भने, ‘बिरामीलाई जति धेरै समय आईसीयू तथा भेन्टिलेटरमा राख्नुपर्ने हुन्छ त्यति नै समस्या थपिँदै जान्छ। त्यस्ता बिरामीको मृत्युदर बढी हुने गरेको छ।’

उमेर समूह बढी भएका संक्रमितलाई लामो समय उपचार गर्नुपर्ने डा. राजभण्डारी बताउँछन्। 

अस्पतालको तथ्यांकअनुसार ७० वर्षभन्दा बढी उमेर समूहका मानिसको मृत्यु हुने गरेको छ। 

अस्पताल आउने अधिकांश बिरामी होम आइसोलेसनका हुन्। संक्रमित भएर होम आइसोलेसनमा बसेका बिरामी स्वास्थ्यमा समस्या भएपछि अस्पताल पुग्ने गरेका छन्। राजभण्डारीका अनुसार श्वासप्रश्वासको समस्या भएर आउनेको संख्या बढेको छ। 

अस्पतालमा आउने बिरामीमध्ये ९० प्रतिशत बिरामी अक्सिजनको लेभल घटेर आउने गरेका छन्। 

‘होम आइसोलेसनमा बसेका बिरामी अस्पताल आइपुग्दा निमोनिया भइसकेको हुन्छ’, एपीएफ अस्पताल बलम्बुका फोकल पर्सन डा. प्रवीण नेपाल भन्छन्, ‘निमोनियाले ग्रसित भएर आएका बिरामीलाई रिकभर गर्न धेरै समय लाग्छ। त्यसैले अस्पताल बसाइ लम्बिनु स्वाभाविक हो।’

उनका अनुसार घरबाट आउने बिरामी लगातार एक हप्तासम्म ज्वरो आएका, अक्सिजनको स्याचुरेसन लेभल ६०–६५ रहेको हुन्छ। त्यस्ता बिरामीलाई तत्काल अक्सिजन दिनुपर्ने हुन्छ। 

होम आइसोलेसनमा लापरबाही

सरकारले होम आइसोलेसनमा बस्दा के गर्ने भन्नेबारे मापदण्ड पनि जारी गरेको छ। एपीएफ अस्पतालका फोकल पर्सन डा. प्रवीण नेपालका अनुसार होम आइसोलेसनमा लापरबाही गरेको पाइएको छ। होम आइसोलेसनमा बस्नेले स्वास्थ्य मापदण्ड नअपनाउँदा संक्रमितलाई अकस्मात् समस्या देखिने गरेका छन्। 

सचेत वर्गले भने आफूलाई असहज महसुस गर्नेबित्तिकै अस्पताल पुग्दा उनीहरुलाई निकाे हुन सहज भएको छ। कतिपयलाई होम आइसोलेसनमा स्वास्थ्य मापदण्ड पालना नगर्दा समस्या थपिएको डा. नेपाल बताउँछन्। 

चिकित्सकका अनुसार होम आइसोलेसनमा संंक्रमित बस्ने कोठा उज्यालो र पर्याप्त हावा आउने हुनुपर्छ। रोग प्रतिरोधक क्षमता बढाउन पोषिलो खानेकुरा खानुपर्छ। पर्याप्त पानी, फलफूल तथा झोलिलो र हाई प्रोटिन खानेकुरासहितको सन्तुलित खानेकुरा खानुपर्ने सुझाव डा. नेपालको छ। 

साथै संक्रमितलाई ज्वरो आए वा नआएको कम्तीमा दिनमा दुई पटक जाँच गर्नपर्छ। अन्य स्वास्थ्य समस्या पनि भए–नभएको ख्याल गर्नु जरुरी रहेको चिकित्सक बताउँछन्। 

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि संक्रमणपछि गम्भीर भएका बिरामीको संख्या बढिरहेको अस्पतालका निर्देशक डा. रवि शाक्यले बताए।

अस्पतालमा अहिले कोरोना परीक्षण गर्ने र आइसोलेसनमा आउनेको संख्या पनि घटेको छ। तर आईसीयू र भेन्टिलेटरमा बिरामीको चाप बढेको छ।

शाक्यका अनुसार गम्भीर अवस्थामा बिरामी आइपुग्ने हुनाले मृत्युदर पनि बढाएको छ। उनी भन्छन्, ‘होम आइसोलेसनमा लापरबाही गर्दा गम्भीर अवस्थामा बिरामीहरु अस्पताल आउँछन्। हामीकहाँ एकै दिन ६ जनाको मृत्यु भएको छ। 
भेन्टिलेटरमा उपचार गराएका ९८ प्रतिशत बिरामीको मृत्यु भएको उनको भनाइ छ। 

त्रिवि शिक्षण अस्पतालका कोरोना फोकल पर्सन डा. सन्तकुमार दासका अनुसार अहिले सामान्य लक्षण भएका बिरामी अस्पताल पुगेका छैनन्। जति बिरामी छन् उनीहरु गम्भीर अवस्थाका छन्। उनीहरुको अस्पताल बसाइ पनि लामो छ। गम्भीर अवस्थाका एउटै बिरामीलाई १५–२० दिनसम्म आईसीयू र भेन्टिलेटरमा राख्नुपरेको छ। 

चिसो बढेपछि  समस्या 

डा. दासका अनुसार जाडो सुरु भएपछि दम, फोक्सो तथा मिर्गाैलाका बिरामीलाई बढी गाह्रो हुने गरेको छ। जसले गर्दा कारण मृत्युदर बढेको छ। दमका बिरामी र दीर्घरोगीलाई पनि चिसो र कोरोना संक्रमण दुवै हुँदा समस्या देखिएको उनले बताए।

दासका अनुसार त्रिवि शिक्षण अस्पतालमा आईसीयूमा पुगेका ५० प्रतिशत बिरामीको मृत्यु भएको छ। 
 

प्रकाशित: Dec 03, 2020| 08:58 बिहीबार, मंसिर १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।