बाँके- प्रहरीले बाँकेको नरैनापुरबाट २५ किलो लागूऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ।
घरमा लुकाएर राखिएको अवस्थामा प्रहरीले गाँजा बरामद गरेको हो। पक्राउ पर्नेमा नरैनापुर गाउँपालिका–४ जयरामपुरवा बस्ने ४५ वर्षीय धनिराम यादव रहेका छन्।
घरमा गाँजा लुकाएर राखिएको भन्ने सूचनापछि रातिको समयमा ईलाका प्रहरी कार्यालय भगवानपुरबाट प्रहरीको टोली खटिएको थियो।
यादवको घर खानतलासी गर्दा उक्त परिमाणको गाँजा बरामद भएको हो। प्रहरीले उनलाई हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको छ।