शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • समाज
  • अन्तर्राष्ट्रिय पावर लिफ्टिङ प्रतियोगितामा भाग लिँदै पाँच नेपाली खेलाडी

अन्तर्राष्ट्रिय पावर लिफ्टिङ प्रतियोगितामा भाग लिँदै पाँच नेपाली खेलाडी

पावर लिफ्टिङको अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन नेपाली टोली भारतको नागपुर प्रस्थान गरेको छ। 
 |  बुधबार, मंसिर १७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १७, २०७७

भैरहवा- पावर लिफ्टिङको अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन नेपाली टोली भारतको नागपुर प्रस्थान गरेको छ। 

triton college

नागपुर अमरावतीमा डिसेम्बर ४ देखि ७ (मंसिर १८ देखि २२) सम्म एमेच्योर पावर लिफ्टिङ फेडेरेसन अफ इन्डियाको आयोजनामा हुने प्रतियोगितामा सहभागिता जनाउन एक महिला र चार पुरुष गरी ५ खेलाडी भैरहवाबाट भारत प्रस्थान गरेका हुन्। 

प्रतियोगितामा महिलातर्फ ५५ केजी तौल समूहमा श्रुति कार्की (सुर्खेत) तथा पुरुष खेलाडीहरूमा ७५ केजी तौल समूहमा कास्कीका सुजन आले मगर, ८० केजी तौल समूहमा स्याङ्जाका हसन गुरुङ, ९० केजी तौल समूहमा भक्तपुरका राजेश सुवाल र १०० केजी तौल समूहमा कास्कीका आशिष आलेले प्रतिष्पर्धा गर्नेछन्। 

टिमसँगै एसिया पावर लिफ्टिङ फेडेरसनका उपाध्यक्ष जीवन गिरी र अन्तर्राष्ट्रिय पावर लिफ्टिङ संघका उपाध्यक्ष केदारमान स्थापित पनि भारत गएका छन्।

विभिन्न जिल्लामा आन्तरिकरूपमा छनोट गरी पहिलोपटक प्रतियोगितामा सहभागिता जनाउन जान लागेको टिम लिडर स्थापितले बताए।

corrent noodles
Metro Mart

इनडोर खेलमा नेपालको यो पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता हो।

प्रकाशित: Dec 02, 2020| 13:50 बुधबार, मंसिर १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।