काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पीनर सन्दीप लामिछाने कोरोनामुक्त भएका छन्। उनले सामाजिक सञ्जालमार्फत् आफू कोरोनामुक्त भएको जानकारी दिएका हुन्।
‘दश दिनको आइसोलेसनपछि भर्खरै गरिएको मेरो काभिड–१९ टेस्ट नेगेटिभ आएको छ,’ उनले लेखेका छन्।
उनले आफ्नो स्वास्थ्यलाको कामना गर्ने सबैलाई समाजिक सञ्जालबाटै धन्यवादसमेत दिएका छन्।
‘म मैदानमा उफ्रन र मेरो टिमका लागि उत्कृष्ट प्रदर्शन गर्न आतुर छु। म फर्किएँ, हो, म फर्किएँ,’ उनले अन्तिममा लेखेका छन्।
इन्डियन प्रिमियर लिगका सहभागी बनेर नेपाल फर्किएका लामिछानेलाई कोरोना पुष्टि भएपछि उनी राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा पनि सहभागी थिएनन्।
नेपाली राष्ट्रिय टिमको गत मंसिर ११ गतेबाट बन्द प्रशिक्षण सुरु भएको छ। मंसिर ९ गते गरिएको परीक्षणमा कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दिपेन्द्र सिंह ऐरी र ब्याट्स्मेन रोहित कुमार पौडेलको कोरोना पोजेटिभ आएपछि उनीहरु पनि आइसोलेसनमा थिए।
उनीहरु अहिले प्रशिक्षणमा फर्किसकेका छन्।