शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • जिदानले मुस्कान गुमाउँदा बेल र हामेसमा फर्किएको हाँसो

जिदानले मुस्कान गुमाउँदा बेल र हामेसमा फर्किएको हाँसो

लिगमा १० मध्ये आधा खेल मात्र जितेका फ्रेन्च प्रशिक्षक जिनेदिन जिदानेको मुहारबाट अचेल मुस्कान हराएको छ।
 |  बुधबार, मंसिर १७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १७, २०७७

काठमाडौं– च्याम्पियन्स लिग अन्तर्गत मंगलबार रातिको खेलमा पराजित भएपछि रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानले भने, ‘म राजीनामा दिन्नँ।’

triton college

क्लबको विश्वास जितेका प्रशिक्षकले एक–दुई खेल हार्दैमा राजीनामा दिइहाल्नुपर्ने होइन। तर हारको शृंखला लामो भएपछि प्रशिक्षकका रुपमा उनी क्लबमा बस्ने या नबस्ने भन्ने चर्चा सुरु भएको छ।

क्लबले दुई सिजनअघि उनकै प्रशिक्षणमा लगातार च्याम्पियन्स लिगको तीन उपाधि जितेको थियो। तर जारी सिजनको समूह चरणमै दुई हार र एक बराबरी बेहोरिसकेको छ।

रियल घरेलु लिग ‘ला लिगा’ मा पनि अंकतालिकाको तेस्रो स्थानमा छ। उसले तीन हार र दुई बराबरी भोगेको छ।

त्यसैले लिगमा १० मध्ये आधा खेल मात्र जितेका फ्रेन्च प्रशिक्षक जिदानको मुहारबाट अचेल मुस्कान हराएको छ।

corrent noodles
Metro Mart

सख्तरविरुद्ध २–० गोलको हारपछिको पत्रकार सम्मेलनमा जिदाने रक्षात्मक देखिए। ‘हामी अहिले अप्ठ्यारो अवस्थामा छौं। तर हामीले चलिरहनुपर्नेछ’, उनले भने।

उनले आफ्नो बचाउ मात्र गरेनन्, अहिलेको अवस्था उल्ट्याउने क्षमता पनि आफूमा रहेको दाबी गरे। ‘मसँग यो अवस्था परिवर्तन गर्न सक्ने क्षमता छ। म परिवर्ततका लागि सबैथोक  गर्न चाहन्छु,’ उनले भने।

उनले यसो भनिरहँदा क्लबको अहिलेको अवस्थाको जिम्मेवारी कसले लिने भन्ने प्रश्न उठ्छ। उनले च्याम्पियन्स लिगको  हारको जिम्मेवारी आफूले लिने बताएका थिए।

उनले त्यसो भन्नुपर्ने कारण के हो भने अहिले उनीसँग कोलम्बियन स्टार हामेस रोड्रिग्वेज र वेल्सम्यान ग्यारेथ बेल छैनन्।

यी दुई क्लबका तर्फबाट गोल गरेर च्याम्पियन्स लिगमा लस ब्लांकोसलाई जीवन दिनेमा मुख्य खेलाडी हुन्। दुवैलाई जिदानले क्लबबाट पाखा लगाए।

बेल र हामेसमा फर्किएको हाँसो

सन् २०१८ को च्याम्पियन्स लिग फाइनलयता रियलका फरवार्ड बेलको हाँसो हराएको थियो। जसमध्ये सबैभन्दा धेरै मिडिया कभरेज पाएको म्यानचेस्टर सिटीविरुद्धको खेलमा हो।

बेल उक्त खेलमा परेनन्। च्याम्पियन्स लिगको अन्तिम १६ को उक्त खेलमा रियल पराजित मात्रै भएन। प्रतियोगिताबाटै बाहिरियो पनि। सिटी विरुद्धको खेलमा नपरेपछि बेल निराश भएर उनी गल्फ खेल्न थाले। बेलले खेलमा सहभागी बन्न नपाउने पक्का भएपछि आफू इंग्ल्यान्ड जान नचाहेको इंग्लिस मिडियाले लेखिरहेका थिए भने स्पेनिस मिडियाले स्क्वाडको राम्रो व्यवस्थापनका बेल टिममा नपरेको बताएका थिए।

‘मैले उनीसँग व्यक्तिगत रुपमा कुरा गरेको थिएँ। उनी सिटीविरुद्ध खेल्न चाहँदैन थिए,’ सिटीविरुद्धको खेलअघि जिदानेले भनेका थिए, ‘बाँकी कुरा म र बेलबीच रहन दिऔं। तर उनले खेल्न नचाहेको बताएका थिए।’

अहिले बेल रियलमा छैनन्। उनी इंग्लिस क्लब टोटेनहममा फर्किएका छन्। उनी मात्र फर्किएका छैनन्, उनको हाँसो पनि फर्किएको छ।

बेलसहित, ह्यारी केन, सन ह्युङ मिन भएको टिम अहिले ईपीएलको शीर्षस्थानमा छ। यस कारण पनि उनी खुसी छन्। सबैभन्दा सबल पक्ष त उनको र प्रशिक्षक जोसे  माहोरिन्होबीचको सम्बन्ध राम्रो छ।

त्यसैले बेलको हाँसो फर्किएको छ। जारी सिजनमा टोटेनहमबाट सात खेल खेलेका उनले गोलको खाता पनि खोलिसकेका छन्। यसले उनलाई खेलमा फर्कन सहयोग गरेको छ।

सिटीविरुद्धको सोही खेलमा चोटग्रस्त इडेन हजार्ड टिममा परेका थिए भने फिट खेलाडी हामेस टिममा थिएनन्।

हामेस अहिले इंग्लिस क्लब एभर्टनमा छन्। त्यहाँ गएपछि हामेसले राम्रो खेल कौशल प्रदर्शन गरे। उनले सुरुवाती खेलमै गोल गर्दै क्लबलाई अंकतालिकाको शीर्षस्थान पुर्‍याइसकेका थिए।

त्यसपछि उनको गुमेको मुस्कान फर्किएको छ। अहिले उनी निरन्तर खेलमा सहभागी भइरहेका छन्। प्रशिक्षक कार्लो एन्सोलोटीसँग उनको सम्बन्ध समेत राम्रो छ। जसका कारण हामेसको हाँसो फर्किएको छ।

गुमेको मुस्कान !

बेल र हामेसका कारण मिडियामा छाइरहने जिदान अहिले खेल प्रतिष्ठा कायमै राख्न संघर्षरत छन्।

हुन त जिदानेलाई उतिबेला जस्तो फरावर्डको साथ छैन। क्रिस्टियानो रोनाल्डो, करिम बेन्जेमा र बेललाई एक समय युरोपकै बलियो फरवार्डका रुपमा चिनिन्थ्यो। यी तीन मध्ये अहिले जिदानसँग बेन्जेमा मात्र छन्। 

त्यो समयमा जिदाने प्रशिक्षक रहँदा क्बलले तीन च्याम्पियन्स लिगसहित घरेलु लिग पनि जितेको थियो। सन् २०१८ मा तेस्रो पटक उपाधि जित्दा उनले हाँसीहाँसी रियलबाट बिदा मागेका थिए।

नौ महिनापछि जिदान क्लबमा फर्किए। त्यसपछि क्लबमा उनले खुलेर मुस्कुराउन पाएका छैनन्। निकै संघर्ष गरेपछि मात्र रियलले पछिल्लो सिजनमा ला लिगा जित्यो।
तर च्याम्पियन्स लिगको नतिजाले उसको अवस्था उदांगो बनाइदियो। रियल अन्तिम १६ बाटै बाहिरिएको थियो।

साथै जारी सिजनको घरेलु लिगको पछिल्लो खेलमा अलाभेससँग पराजित हुँदासम्म जिदानलाई मुस्कुराउन नदिने धेरै कारण बनिसकेका छन्।

फेरि पनि रियललाई तर्साउने रात बाँकी नै छ। उसले अर्को साता बोरुसिया मुन्छेनग्लाडबाखसँग घरेलु मैदानमा प्रतिस्पर्धा गर्नेछ। अघिल्लो खेलमा पनि रियलले बोरुसिया मुन्छेनग्लाडबाखसँग बराबरी खेलको छ।

अब भने बराबरी उसलाई अन्तिम १६ मा पुग्न पर्याप्त नहुन सक्छ। किनभने दुई टिम मात्र क्वालिफाई हुने समूह बीका चार टिमले नै जित निकालेमा अन्तिम १६ मा जान सक्ने अवस्थामा छन्।

यस्तो अवस्थामा जिदानेलाई चुनौती पनि थपिएको छ। तर उनले भनेजस्तो अहिलेको अवस्थालाई परिवर्तन गर्न नसकेमा रियलमा उनको भविष्य त्यति सुन्दर देखिँदैन।

तर यसबारे क्लबले कुनै प्रतिक्रिया दिएको छैन। किनभने क्लबका सफल प्रशिक्षक हुन्। 

खेलाडीका रुपमा पनि लामो समय रियलमा बिताएमा उनी २०१६ यता रियलको प्रशिक्षक छन्।

२०१८ को सिजनपछिको नौ महिना भने उनी प्रशिक्षणमा थिएनन्। त्यति बेला रियलको अवस्था खराब बन्दै गएपछि क्लबले तत्कालीन प्रशिक्षक सान्टियागो सोलारीलाई बर्खास्त गर्दै जिदानेलाई पुनः क्लबमा बोलाएको थियो।

 

प्रकाशित: Dec 02, 2020| 08:28 बुधबार, मंसिर १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।