बुधबार, वैशाख १२, २०८१

पर्यटकलाई लोभ्याउँदै कर्णालीको जिपलाइन

कर्णाली तटमा सञ्चालनमा ल्याइएको जिपलाइन सबै उमेर समूहका पर्यटकको आकर्षणको केन्द्र बनेको छ। 
 |  बुधबार, मंसिर १७, २०७७

भीम चौधरी

भीम चौधरी

बुधबार, मंसिर १७, २०७७

धनगढी- कैलालीको चिसापानी बजारबाट करिब डेढ किलोमिटर उत्तर कर्णाली नदीको तिरैतिरको यात्रापछि मोहन्याल गाउँपालिका–७ पितमारीमा पुगिन्छ।

triton college

तराईको धुपबाट त्यहाँ पुग्दा शीतलताले दिने आनन्द निकै लोभलाग्दो हुन्छ। त्यति मात्र होइन, अचेल यहाँ पर्यटकले जिपलाइनको  मज्जा लिन पाएका छन्। 

कर्णाली तटमा सञ्चालनमा ल्याइएको जिपलाइन सबै उमेर समूहका पर्यटकको आकर्षणको केन्द्र बनेको छ। 

करिब १० लाख रुपैयाँ लागतमा निर्माण सम्पन्न भई गत माघमा सञ्चालनमा ल्याइएको जिप लाइनमा आन्तरिक पर्यटक खेल्न र हेर्न त्यहाँ पुग्ने गरेका छन्। 

नेपालगन्जबाट सपरिवार चिसापानी घुम्न आएका अधिवक्ता राजिवकिशोर अग्रवाल जिपलाइनमा खेल्न  पुगेका थिए। 

corrent noodles
Metro Mart

‘चिसापानीमा धेरै पटक आएको छु’, अग्रवालले भने, ‘पहिलो पटक जिपलाइनको मजा लिने अवसर पाएँ।’ 

धनगढीबाट जिपलाइन खेल्न पितमारी पुगेका सन्तोष बलायरले जिपलाइनले चिसापानी क्षेत्र घुम्न आउने पर्यटकलाई थप मनोरञ्जन दिएको बताए। 

कैलालीको लम्कीका तपेन्द्र रावलले चिसापानी क्षेत्रमा घुम्न आउने पर्यटकलाई लक्षित गर्दै साहसिक खेलको मनोरञ्जन दिने उद्देश्यले जिप लाइन सेवा सञ्चालनमा ल्याएका हुन्। 

‘जिप लाइन एक साहसिक मनोरञ्जनको माध्यम हो’,  रावलले भने, ‘जसमा एक ठाउँबाट अर्को ठाउँसम्म तारमा घिर्नीको सहायताले झुन्डिएर पुग्नुपर्ने हुन्छ।’ 

करिब एक सय ३० मिटर लामो जिपलाइन अन्तर्राष्ट्रिय मापदण्डअनुसार सञ्चालनमा ल्याएको उनले बताए।
उनले भने, ‘यसका लागि हामीले पूर्ण सुरक्षाको व्यवस्था गरेका छौं।’ 

जिपलाइनमा खेलेबापत एक पटकका लागि दुई सय रुपैयाँ शुल्क तिर्नुपर्छ। त्यहाँ अचेल जिपलाइनको मज्जा लिन दैनिक एक सय बढी आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन्। 
 

प्रकाशित: Dec 02, 2020| 05:54 बुधबार, मंसिर १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।