शुक्रबार, वैशाख ७, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • राष्ट्र बैंकले बोलकबोलबाट ५० अर्ब निक्षेप संकलन गर्ने

राष्ट्र बैंकले बोलकबोलबाट ५० अर्ब निक्षेप संकलन गर्ने

नेपाल राष्ट्र बैंकले ५० अर्ब रूपैयाँ बराबरको निक्षेप बोलकबोल प्रक्रियाबाट संकलन गर्ने भएको छ।
 |  मंगलबार, मंसिर १६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १६, २०७७

काठमाडाैं- नेपाल राष्ट्र बैंकले ५० अर्ब रूपैयाँ बराबरको निक्षेप बोलकबोल प्रक्रियाबाट संकलन गर्ने भएको छ।

triton college

केन्द्रीय बैंकले उक्त परिमाणको निक्षेप बोलबकोल प्रक्रियाका माध्यमबाट बुधबार संकलन गर्न लागेको जनाएको हाे।

बैंकले आज सार्वजनिक गरेको सूचनाअनुसार ब्याजदरसमेत बोलकबोलको माध्यमबाट नै निर्धारण हुनेछ।

घटीमा पाँच करोड र बढीमा पाँच करोड रूपैयाँले भाग गर्दा निशेष भाग जाने गरी कूल आह्वान रकमसम्म बोलकबोलमा भाग लिन सकिनेछ। 

केन्द्रीय बैंकले उक्त बैंकबाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिने गरी धितोसम्बन्धी व्यवस्था गरेकाे छ।

corrent noodles
Metro Mart

बैंकको सूचनामा बोलकबोल बहुब्याजदरमा पनि गर्न सकिने उल्लेख छ।

निक्षेप संकलन उपकरणको बोलकबोलमा केन्द्रीय बैंकबाट इजाजत प्राप्त गरेका क, ख र ग वर्गमा बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन्। 

निक्षेप संकलनको बोलकबोलमा निक्षेपबापत् जम्मा गर्न चाहेको रकम र ब्याजदर उल्लेख गर्नुपर्नेछ भने समान ब्याजदर उल्लेख भएका बोल रकम समावेश गर्दा कूल निष्काशित रकमभन्दा बढी भएका प्रो रेट बेसिसमा बाँडफाँड गरिनेछ।

निक्षेप संकलन उपकरणको भुक्तानी मितिका दिन निर्धारित ब्याजदरसहित संकलन निक्षेप रकम सम्बन्धित बैंकले केन्द्रीय बैंकको खातामा जम्मा गर्नु पर्नेछ।

केन्द्रीय बैंकले २८ दिनका लागि निक्षेप संकलनको उपकरणको बोलकबोल तथा निष्काशन गर्न लागेको हो। बैंकले साँवा तथा ब्याज भुक्तानी आगामी पुस १५ गते गर्नेछ। रासस

प्रकाशित: Dec 01, 2020| 15:50 मंगलबार, मंसिर १६, २०७७
प्रतिक्रिया दिनुहोस्