बुधबार, वैशाख १२, २०८१
  • गृहपृष्ठ
  • समाज
  • प्रादेशिक अस्पताललाई नमुना अस्पतालको रूपमा विकास गरिने छ: मुख्यमन्त्री राउत

प्रादेशिक अस्पताललाई नमुना अस्पतालको रूपमा विकास गरिने छ: मुख्यमन्त्री राउत

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रादेशिक अस्पताल जनकपुरलाई प्रदेशकै नमुना अस्पतालको रूपमा विकास  गरिने बताएका छन्।
 |  मंगलबार, मंसिर १६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १६, २०७७

जनकपुरधाम- प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रादेशिक अस्पताल जनकपुरलाई प्रदेशकै नमुना अस्पतालको रूपमा विकास  गरिने बताएका छन्।

triton college

मंगलबार प्रादेशिक अस्पताल जनकपुरमा आयोजित स्मारिका विमोचन तथा ओसीएमसी, केएमसी र आई ओपीडी वार्डको समुदघाटन समारोहमा मुख्यमन्त्री राउतले प्रादेशिक अस्पताललाई सरकारले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको रूपमा विकास गर्ने गरी विधेयकसमेत पारित गरिसकेको जानकारी दिए। 

जनकपुरको मुजेलियास्थित मणिपाल शिक्षण अस्पतालले गुठी संस्थानसँग भाडामा लिएको जग्गामा शर्तअनुसार काम नगरेको भन्दै उसको भाडा सम्झाैता खारेज गरेर सो जग्गा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई हस्तान्तरण गरिने उनकाे भनाइ छ। 

कार्यक्रममा सामाजिक विकास मन्त्री नवलकिशोर साहले प्रादेशिक अस्पताल जनकपुरमा नवनिर्मित तीनवटा वार्डहरूको उद्घाटनसमेत गरेका छन्।

मन्त्री साहले आँखा उपचारका लागि आई ओपीडी वार्ड, कम समय र तौलका बच्चा स्याहारका लागि केएमसी वार्ड र लैंगिक हिंसा पीडितको उपचारका लागि ओसीएमसी वार्डको उद्घाटन गरेका हुन्।

corrent noodles
Metro Mart

मन्त्री साहका अनुसार अस्पतालमा जनशक्ति व्यवस्थापनका लागि प्रदेश लोकसेवा आयोगमार्फत् चाँडै विज्ञापन गरिने छ।

प्रकाशित: Dec 01, 2020| 13:55 मंगलबार, मंसिर १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।