काठमाडौं– इन्डियन प्रिमियर लिग क्लब कोलकाता नाइट राइडर्सका मालिकले अमेरिकी क्रिकेट लिगमा पनि लगानी गर्ने भएका छन्।
अमेरिकाले गर्न लागेको नयाँ टी–२० प्रतियोगितामा कोलकाता स्टेकहोल्डर बन्न लागेको हो। अमेरिकामा नयाँ लिग क्रिकेट २०२२ बाट सुरु हुने भएको छ। यो अमेरिकाको पहिलो व्यावसायिक टी–२० फ्रेन्चाइज लिग हो।
बलिउड स्टार साहरुख खानको स्वामित्वमा रहेको कोलकाता नाइट राइडर्स दीर्घकालिन लगानीका लागि सहमत भएको बीबीसीले जनाएको छ।
यो ग्रुपले क्यारेवियन प्रिमियर लिग अन्तर्गतको फ्रेन्चाइज क्लब ट्रिनबागो नाइट राइडर्सको स्वामित्व पनि किनिसकेको छ।