शनिबार, वैशाख ८, २०८१

याक एन्ड यति फेरि सेयर कारोबार सुरु गर्ने तयारीमा 

सेयर बजारमा सर्वसाधारणले होटलप्रति आकर्षण नदेखाएपछि कम्पनीले नेप्सेमा कारोबार गर्न, विवरण बुझाउन र नविकरण गर्न छोडेको थियो । 
 |  मंगलबार, मंसिर १६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १६, २०७७

काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले गएको कात्तिक २ गते याक एन्ड यति होटलले वार्षिक सेवा शुल्क नतिरेको भन्दै उसको सेयर कारोबार रोक्का गरेको सूचना गर्‍यो। तर, उक्त कम्पनी नेप्सेमा दर्ता भए पनि वर्षौदेखि न सेवा शुल्क तिरेको थियो न त वार्षिक कारोबार विवरण बुझाएको थियो। कारोबार नभएको पनि वर्षौं भइसकेको छ।

triton college

कारोबार रोक्का भएको सूचना जारी भएपछि भने याक एन्ड यति होटलले सम्पूर्ण शुल्क तिरेर कारोबार गर्न इच्छुक भएको नेप्सेलाई अनौपचारिक जानकारी दिएको छ । 

नेप्सेका प्रवक्ता मुरारी पराजुलीका अनुसार पछिल्लो समयमा याक एन्ड यति नेप्सेको सम्पर्कमा रहेर कारोबार पुनः सुरु गर्ने तयारीमा छ। यद्यपि, कारोबार सुरुका लागि औपचारिक पत्राचार भने भएको छैन। 

याक एन्ड यति होटलका एक उच्च कर्मचारी पनि कम्पनीले नेप्सेमा  कारोबार पुनः सुरु गर्न लागेको बताउँछन्। उनका अनुसार नेप्सेको स्थापनाकालदेखि नै याक एन्ड यति होटल सूचिकृत भएर दोस्रो बजारमा कारोबार सुरु गरेको थियो ।

तर, सेयर बजारमा सर्वसाधारणले होटलप्रति आकर्षण नदेखाएपछि कम्पनीले नेप्सेमा कारोबार गर्न, विवरण बुझाउन र नविकरण गर्न छोडेको थियो । 

corrent noodles
Metro Mart

ती अधिकारी भन्छन्, ‘कारोबार नै नभएपछि १० वर्षअघि कम्पनीले नेप्सेमा डिलिष्टिङ (दर्ता खारेज) को लागि निवेदन दिएको पनि हो । तर, तर नेप्सेमा डिलिष्टङको प्रावधान नै रहेनछ त्यसैैले हामी नेप्सेको सूचीबाट औपचारिक रुपमा हट्न सम्भव भएन।’

याक एन्ड यति होटलले नेप्सेमा बुझाएको तथ्यांक अनुसार उक्त कम्पनीको कुल सेयरमध्ये ०.०१ प्रतिशतमात्र सर्वसाधरणसँग छ भने ९९.९ प्रतिशत सेयर प्रवर्धकहरुकै छ । 

सर्वसाधारणसँग नगन्यमात्रामा सेयर भएको हुँदा कम्पनीले वित्तीय विवरण सार्वजनिक गर्नु आवश्यक नठानेको ती कर्मचारी बताउँछन्। तर, कुनै पनि पब्लिक कम्पनीले आफ्नो वित्तीय विवरण नियमित सार्वजनिक गर्नु अनिवार्य रहेको नेप्सेका पराजुली बताउँछन्। 

नेप्सेमा दर्ता सूचिकृत हुँदाका बेला याक एन्ड यतीको चुक्ता  पुँजी २ करोड ५५ लाख रुपैयाँ मात्र थियो। हाल उक्त कम्पनीको वित्तीय विवरण सार्वजनिक नभएकाले थोरै सेयरधनीले पनि आफूले पाउने लाभांस बारे थाहा पाउन सकेका छैनन् भने आफूसँग भएको सेयर पनि बिक्री गर्न सकेका छैनन। 

लामो समयदेखि कम्पनीले वार्षिक शुल्क र कारोबारको विवरण नबुझाउँदा पनि आफूलाई कारोबार रोक्का बाहेक कार्वाहीको अधिकार नभएको प्रवक्ता पराजुली बताउँछन्। 

विवरण संकलन गर्दै

पछिल्लो समय भने याक एन्ड यतिले कम्पनीका सेयरधनीहरुको सम्पूर्ण विवरण राख्ने, सेयर प्रमाणपत्र दिने र ती प्रमाणपत्र डिम्याटमा समावेश गर्ने काम थालेको याक एन्ड यतीका अधिकारी बताउँछन्।  उनका अनुसार कम्पनीले धितोपत्र बोर्ड र नेप्सेमा समेत त्यसबारे जानकारी गराइसकेको छ । 

उनी भन्छन्, ‘हामी फेरि सेयर बजारमा सक्रिय हुँदैछौं, त्यसका लागि नेप्सेलाई आवश्यक सम्पूर्ण शुल्क तिरेर वार्षिक विवरण समेत बुझाउने तयारीमा छौं।’ 

नेपाल स्टक एक्सचेन्जका अनुसार याक एन्ड यतिले नविकरण शुल्क करिव रु. ५ लाख तिर्नुपर्छ। 
धितोपत्र सूचिकरण विनियमावली २०७५ अनुसार ५० करोडभन्दा कम चुक्तापुँजी भएको कम्पनीले वार्षिक नविकरण शुल्क रु. ५० हजार बुझाउनु पर्छ। 
 

प्रकाशित: Dec 01, 2020| 10:20 मंगलबार, मंसिर १६, २०७७
प्रतिक्रिया दिनुहोस्