काठमाडौं- बंगलादेशको ढाकामा भएको बंगबन्धु शेख मुजिब ढाका म्याराथनमा सहभागी भएको टोली स्वदेश फर्किएको छ।
टिममा सहभागी दुई खेलाडीसहित तीन सदस्यीय नेपाली एथलेटिक्स टोली बुधबार स्वदेश फर्किएको हो।
जनवरी १० तारिखमा भएको म्याराथनमा नेपालबाट समान १–१ पुरुष/महिला खेलाडीले प्रतिस्पर्धा गरेका थिए।
पुष्पा १३ औं दक्षिण एसियाली खेलकुद (साग) की रजत विजेता हुन्। पुरुषमा १३ औं सागका स्वर्ण विजेता किरणसिंह बोगटी चौथो भए।
टोलीलाई नेपाल एथलेटिक्स संघका सचिव आरके विष्टले स्वागत गरे।
नेपाली टोली ढाकाबाट कोलकातासम्म हवाइमार्गबाट आएको थियो। कोलकात्ताबाट मौसमका कारण उडान डिले भएपछि टोली स्थलमार्गबाट बागडोग्रा हुँदै झापाको भद्रपुर आएको थियो।
भद्रपुरदैखि हवाइमार्गबाट टोली बुधबार काठमाडौं आएको हो।
नेपालबाट ढाका जाँदा भने टोली हिमालयन एयरलाइन्सको चार्टड विमानमा गएको थियो।