बिहीबार, वैशाख ६, २०८१

दूधको खाली प्याकेट के गर्नुहुन्छ ? बाबुकाजीलाई दिनुस्

दूधको प्याकेटबाट कस्तो कपडा बन्ला र ? धेरैले नाक खुम्च्याउँछन्। ‘सीप चाहिन्छ, बनिहाल्छ नि,’ बाबुकाजी उत्साहित हुँदै भन्छन्, ‘१० वर्षदेखि म यही गरिरहेको छु।’
 |  मंगलबार, मंसिर १६, २०७७

ज्योति अधिकारी

ज्योति अधिकारी

मंगलबार, मंसिर १६, २०७७

मनोचिकित्सक भन्छन्– बुढ्यौली उमेरमा मानिस शारीरिक रुपमा निष्क्रिय हुन्छ। एकोहोरो सोचेर बस्ने स्वभावका हुन्छन् अधिकांश वृद्धवृद्धा। तर बाबुकाजी महर्जनको शरीर र फुर्तीफार्ती हेर्दा ८० वर्षमा हिँड्दैछन् भनेर पत्यार नै लाग्दैन। 

triton college

दैनिक पाटन दरबार क्षेत्र पुग्ने बाबुकाजी  साथीहरु गफ गर्न व्यस्त हुँदा आफू भने झोलाबाट प्लास्टिकका धागो निकाल्छन् र कुरुस चलाउन थाल्छन्।

उनलाई यो सक्रियताको प्रेरणा एक बालकबाट मिलेको रहेछ।

‘१२ बर्ष अगाडि सानेपाको बाटो हिँड्दै थिएँ, एउटा बालकले दूधका प्लास्टिक काटेर सुकाउँदै थियो ।  अचम्म लाग्यो र सोधेँ'  उनी भन्छन् 'प्लास्टिकबाट धागो बनाएर कपडा र सजावटका सामान बनाउन सकिंदो रहेछ।'

त्यसपछि उनी चुपचाप घर आए र दूधका प्लास्टिक जम्मा गर्न थाले। त्यसलाई सुकाउने, तन्काएर धागो बनाउने काम थाले। अहिले उनको दैनिकी यसमै बित्छ। 

corrent noodles
Metro Mart

दूधको प्याकेटबाट कस्तो कपडा बन्ला र ? धेरैले नाक खुम्च्याउँछन्। ‘सीप चाहिन्छ, बनिहाल्छ नि,’ बाबुकाजी उत्साहित हुँदै भन्छन्, ‘१० वर्षदेखि म यही गरिरहेको छु।’

फालिने प्लास्टिकलाई सदुपयोग गर्ने प्रेरणा बालकबाट पाए पनि त्यसबाट लूगा बुन्ने सीप भने उनले श्रीमती नानुबाट सिकेका हुन्। बाबुकाजीलाई कुरुस चलाउन श्रीमतीले सिकाइन्।

'नानु सानैदेखि ऊनको स्वेटर, मोजा, पञ्जा आदि बुन्थिन्। उनले बुनेको कपडाको माग कोलकातासम्म हुन्थ्यो।  उनीसँग धेरै कुरा सिक्नै बाँकी थियो, तर उनको मृत्यु भयो,' बाबुकाजी केही गम्भीर भए। 

दम्पती मिलेर बुनेको एउटा दौरा बाबुकाजीले भित्तामा सजाएर राखेका छन्। ‘यो दौरा बुन्न उनले मेरा हात समाउँदै सिकाएकी थिइन्। ८ वर्ष भइसक्यो उनले छोडेर गएको,' बाबुकाजी भन्छन्। 

बाबुकाजीले प्लास्टिककै धागोबाट शीरदेखि पाउसम्म लगाउने कपडा बुनेका छन्। ब्याग, टोपी, दौरासुरुवाल, चोलो, झ्याल–ढोकाको लागि पर्दा, पर्स जे पनि बनाउँछन् उनी। आफ्नो बन्दै गरेको नयाँ घरको लागि झ्याल ढोकामा प्रयोग हुने पर्दा उनले प्लास्टिकबाटै तयार गरिसकेका छन्।  

तर प्लास्टिकको धागोबाट बनेका लुगा लगाउन सहज नहुने र अन्य सामाग्री पनि धेरै उपयोगी नहुने भएकोले बाबुकाजीले बनाएका सामग्री धेरै बिक्दैनन्।  कोही सोखिनले सजाउन किने भने कुरा बेग्लै । फालिने प्लास्टिक सदुपयोग गर्नु उनको सोख हो, आदत हो। उनले बनाएका सामान नबिकेर घरमै थन्किएका छन्।    

उसो त उनले बनाएको सामान अमेरिका, जापानसम्म पुगेका छन्।

बाबुकाजीले खेर जाने दूधका प्लास्टिकको सदुपयोग गरेको थाहा पाएपछि वीरगंन्जकोे बिजनेस एण्ड प्रोफेसनल विमेन समूहले तालिम दिन बोलायो। त्यहाँ ५८ जना महिलालाई उनले तालिम दिए। तालिमबारे पत्रपत्रिकामा छापिएपछि विदेशीहरुले आफ्ना सामान किनेको उनले सुनाए।

अहिले पनि अमेरिकाबाट सयवटा सामानको अर्डर आएको छ। उनले सबै तयार गरिसकेका छन्। उनले एउटा तन्ना १७ हजारसम्ममा बेचेका छन्।  तन्ना जापानी नागरिकले लगेका थिए। 

‘विदेशीले यस्ता सामानको महत्व बुझेका छन्, उनीहरुले मेहनतअनुसारको मूल्य दिन्छन्। कोही लहडी विदेशीले त मागेको भन्दा पनि बढी दाम दिन्छन्,' बाबुकाजी भन्छन् ।  प्लास्टिकबाट बनाइएका सामग्री प्रयोग गर्न भन्दा पनि सजावटको लागि राम्रो हुने उनको भनाइ छ।  

दूधका प्लास्टिक छिमेकीले दिन्छन् 

एउटा सामान तयार गर्न पनि धेरै प्लास्टिक चाहिन्छ बाबुकाजीलाई। घरको प्लास्टिकले मात्रै पुग्दैन। छिमेकीहरुले प्लास्टिक जम्मा गरेर राखिदिने गरेका छन्।

कतिपय आफन्तले पनि ल्याइदिन्छन्। ‘प्लास्टिकबाट पनि कपडा बन्छ भनेर खिसी गर्नेहरु नै अहिले प्लास्टिक जम्मा गरेर ल्याइदिन्छन्। थाहा पाउनेहरु सबैले ल्याइदिन्छन् अहिले त,’ महर्जनले सुनाए।

प्लास्टिक जम्मा भएपछि उनी दिनभर प्लास्टिक काट्ने काम गर्छन्। एउटा दूधको प्याकेटको प्लास्टिकलाई ५ वटा टुक्रा बनाउँछन्। टुक्रा बनाइसकेपछि त्यसलाई तन्काएर लामो धागो बनाउँछन् र त्यही धागोले विभिन्न सामान बनाउँछन्। 

बुढेसकालको नकारात्मक सोच हटाउने प्रयास

‘मानिसले व्यस्त भएपछि अनावश्यक कुराहरु सोच्न पाउँदैन। उमेर ढल्किँदै गएपछि मानिसको मनमा अनेकथरी सोच आउँछ। त्यस्तो अनावश्यक सोचबाट आफूलाई टाढा राख्न र व्यस्त राख्न मैले यो काम सुरु गरेको हुँ,’ बाबुकाजी भन्छन्। उनी ३५ वर्ष थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालमा स्टोर किपरको रुपमा काम गरेर रिटायर्ड भएका हुन्। 

रिटायर्ड भएपछि उनलाई खाली बस्न मन लागेन। दुई छोरा आफ्नै व्यवसाय सम्हालिरहेका थिए, घरमा बूढाबूढीमात्रै। त्यसबेला आफूलाई व्यस्त राख्न बाबुकाजीले प्लास्टिकलाई साथी बनाएका हुन्।

उनी भन्छन्, ‘मलाई केही काम नगरी बस्नै मन लाग्दैन। कसैले नयाँ डिजाइनका कपडा लगाएको देखेँ भने पनि त्यसैअनुसारको डिजाइन बनाउन मन लाग्छ।’ 

तस्बिरहरु : दिनेश श्रेष्ठ

प्रकाशित: Dec 01, 2020| 03:29 मंगलबार, मंसिर १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।