शनिबार, वैशाख ८, २०८१

बोलेर होइन काम गरेर देखाउने स्वास्थ्य मन्त्रीको दाबी

भरतपुर अस्पतालको आकस्मिक भवन र सरुवा रोग सेवा भवनको शिलान्यास गरिएको छ।
 |  सोमबार, मंसिर १५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १५, २०७७

चितवन- भरतपुर अस्पतालको आकस्मिक भवन र सरुवा रोग सेवा भवनको शिलान्यास गरिएको छ।

triton college

आज (सोमबार) स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले भवनको शिलान्यास गरेका हुन्। सो अवसरमा मन्त्री ढकालले अब देशका कुनै पनि पालिका अस्पतालबिहीन नहुने बताए।

आज एकैसाथ देशभर ३९६ स्थानीय तहमा अस्पताल निर्माणको प्रारम्भ भएसँगै सबै नागरिकले सहजरुपमा स्वास्थ्य सेवा पाउने कुरा सुनिश्चित गर्ने बताए।

‘हामीले भनेर होइन काम गरेर देखाउँछौं’, मन्त्री ढकालले भने, ‘यस्तो विषम परिस्थितिमा पनि अस्पतालहरु धमाधम शिलान्यास गरेर काम अघि बढाएका छौँ।’ उनले आफ्नो पालामा मात्रै २०० बढी पालिकामा अस्पताल निर्माणका लागि स्वकृति दिएको बताए। कतिपय पालिकामा जग्गाको समस्याका कारण अस्पताल निर्माण हुन नसकेको भन्दै उनले त्यसका लागि पनि सरकारले आवश्यक व्यवस्था गरेको बताए।

देशभरका अस्पतालहरुको स्तरोन्नतिका लागि सरकारले बजेटको व्यवस्था गरेको उनले जानकारी दिए। गरिब र विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउन सरकारले काम गरिरहेको मन्त्री ढकालले बताए। आजका शिलान्यासहरु शिलान्यासमा मात्र सीमित नभई कार्यान्वयन हुनुपर्नेमा उनको जोड छ।

corrent noodles
Metro Mart

‘कोरोनापछि झन् हामीले पाठ सिक्ने अवसर मिल्यो’, उनले भने’, संघमा ३०० शैय्याको र प्रदेशमा ५० शैय्याको ल्याबसहितको सरुवा रोगको उपचार गर्ने अस्पताल निर्माणमा जुटेका छौं।’ मन्त्री ढकालले जनताले छर्लङ्ग देख्नेगरी सरकारले काम गरिरहेको बताए। 

कोरोनाविरुद्धको महामारीमा चिकित्सक, नर्स र स्वास्थ्यकर्मी सहित सरकार निरन्तर लडिरहेको उनको भनाइ छ। सरकारले ६ प्रतिशत नागरिकको कोरोना परीक्षण गरिसकेको उनले बताए। 

डब्लूएचओले मान्यता दिनासाथ नेपालमा कोरोनाको भ्याक्सिन

मन्त्री ढकालले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले मान्यता दिनासाथ नेपालमा कोरोनाको भ्याक्सिन ल्याउने तयारी गरिरहेको बताए। उनले नेपालको स्रोतसाधन र क्षमता अनुसार नै कोरोनाविरुद्धको अभियानमा लडेको भन्दै त्यसमा सफलता मिलेको उनले जीकिर गरे। कोरोनाविरुद्धको लडाइँमा नागरिकले सरकारलाई साथ दिएको मन्त्री ढकालले बताए। सरकारका काममा खिल्ली उडाउनेहरु पनि अहिले कोभिड भइसकेपछि सरकारको योजना अनुरुप चलेको उनको भनाइ छ।

भरतपुर अस्पताल धनी बाबुको सुकुमबासी छोरो

मन्त्री ढकालले प्रशस्त जग्गा भएर पनि भरतपुर अस्पताल धनी बाबुको सुकुमबासी छोरो जस्तो भएको बताए। ३१ बिघा जग्गा भएको अस्पतालले टहरो कहाँ बनाउने भन्ने चिन्ता हुनु विडम्बनाको विषय भएको विचार राखे। उनले अस्पतालको जमिन फिर्ता ल्याउने र भाडा समयमै बुझाउनका लागि मन्त्रालयले आवश्यक कदम चाल्ने बताए।

पार्टीभित्रको समस्या ठूलो घरको सल्लाह

अर्को प्रसंगमा मन्त्री ढकालले पार्टीभित्र देखिएको समस्या नभई घरको सल्लाह रहेको बताए। उनले भने, ‘सानो घरको झगडाभन्दा ठूलो घरको सल्लाह बढी हल्लाखल्ला हुन्छ। यस्तो खालको बहस पार्टीमा समय समयमा हुने गरेको छ आत्तिनुपर्ने अवस्था छैन।’

चालु आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा सबै स्थानीय तहमा पाँचदेखि १५ शैय्यासम्मका आधारभूत अस्पताल स्थापना गर्न लागिएको हो। सरकारले पाँच शैय्याको अस्पताल निर्माण गर्न आठ करोड, १० शैय्याको अस्पतालका लागि ११ करोड र १५ शैय्याका अस्पताल निर्माणका लागि १८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।

७५३ स्थानीय तहमध्ये ६४९ स्थानीय तहमा अस्पताल नै रहेका छैनन्। तीमध्ये पहिलो चरणमा ३९६ स्थानीय तहमा अस्पताल निर्माण गर्न लागिएको हो। प्रदेश नं १ मा ३२, प्रदेश नं २ मा २०, बागमतीमा १९, गण्डकीमा ५३, लुम्बिनीमा ६०, कर्णालीमा २८ र सुदूरपश्चिममा ३४ स्थानीय तहमा अस्पताल निर्माण गरिनेछ।

सरकारले अस्पताल निर्माणका लागि पहिलो किस्ता सम्बन्धित स्थानीय तहमा पठाइसकेको छ। पहिलो चरणमा ३९६ स्थानीय तहलाई पाँचदेखि १५ शैय्याको अस्पताल बनाउन ६४ अर्ब नौ करोड पठाइएको छ।

पाँच शैय्याको अस्पतालका लागि ७० लाख रुपैयाँ, १० शैयाका लागि ८५ लाख र १५ शैय्याका लागि एक करोड पठाइसकिएको छ। अस्पताल निर्माणको सम्पूर्ण काम स्थानीय तहले गर्नेछन्।

प्रकाशित: Nov 30, 2020| 13:05 सोमबार, मंसिर १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।