एजेन्सी- कोरोना भाइरसको उद्गमस्थल चीनमा फेरि भाइरसको संक्रमण बढेको छ।
यसअघि कोरोना संक्रमण लगभग नियन्त्रमा लिइसकेको चीनमा ५ महिनापछि पुनः संक्रमण फैलिएको हो।
चीनमा कोरोनाको अर्को लहरबाट बच्न ४ सहरमा लकडाउन गरिएको छ भने परीक्षण बढाइएको छ।
धेरैजसो नयाँ केस राजधानी बेइजिङमा पाइएको छ। आज (बुधबार) तथ्यांकहरुका अनुसार उत्तरपूर्वी चीनको एक प्रान्तमा पनि संक्रणण तीव्र रुपमा फैलिएको छ।
संक्रमितको संख्या बढ्दै गएपछि २ करोड ८० लाख मानिसालई क्वेन्टिनमा राखिएको बीबीसीले जनाएको छ।
त्यहाँको नेशनल हेल्ट कमिसनले एक विज्ञप्ति जारी गर्दै चीनमा नयाँ ११५ संक्रमित भेटिएको जनाएको छ।
यसको एक दिनअघि ५५ जना संक्रमित थपिएका थिए। गत ३० जुलाईपछि यति ठूलो संख्यामा संक्रमितहरु थपिएका हुन्।
कमिशनका अनुसार १०७ स्थानीय संक्रमित हुन्। जसमध्ये ९० जना बेइजिङ नजिकको हिबे प्रान्तका हुन्।
यस्तै उत्तरपूर्वी हेलुंगजाङ प्रान्तमा १६ संक्रमित भेटिएका छन्।
हिबेका तीन सहरमा लकडाउन गरिएको छ। यस्तै बेइजिङ सहरको प्रशासनले संक्रमण रोक्न कडा कदम चाल्ने तयारी गरेको छ।
हेलुंगजाङ प्रान्तले आज मात्रै आपतकाल घोषणा गरेको छ। हिबे र हेलुंगजाङका ४ सहरमा लकडाउन गरिएसँगै २ करोड ८० लाख मानिस क्वारेन्टिनमा बसेका छन्।