काठमाडौं– माघ १ गतेदेखि ३ गतेसम्म विद्यालस्तरीय उपत्यकाव्यापी थ्री इन थ्री बास्केटबल प्रतियोगिता हुने भएको छ।
सुर्योदय सेकेन्डरी बोर्डिङ स्कुलले आज बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताबारे जानकारी दिएको हो।
प्रतियोगितामा ८ देखि ११ कक्षासम्मका विद्यार्थी सहभागी हुनेछन्। प्रतियोगितामा ४८ विद्यालयका ३२ केटाहरुको टिम र १६ केटीहरुको टिम सहभागी हुनेछन्।
प्रतियोगितामा केटातर्फको विजेताले २० हजार पाउनेछन् भने दोस्रो र तेस्रो हुनेले क्रमशः १० हजार र पाँच हजार पाउनेछन्।
त्यस्तै, केटीतर्फको विजेताले १५ हजार पाउनेछ। उपविजेता र तेस्रो हुनेले क्रमशः आठ हजार र चार हजार पाउनेछ।
विश्व स्वास्थ्य संगठनको स्वास्थ्य मापदण्ड अपनाएर खेल गरिने आयोजकले बताएको छ।