शनिबार, वैशाख ८, २०८१

सुदूरपश्चिम सरकार पुनर्गठनविरुद्धको रिटमा आज पेसी तोकियो

सुदूरपश्चिम प्रदेश सरकार पुनर्गठनविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको आज न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संयुक्त इजलासमा सुनुवाइ हुने भएको छ।
 |  सोमबार, साउन १८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, साउन १८, २०७८

triton college
corrent noodles
Metro Mart
काठमाडौं– सुदूरपश्चिम प्रदेश सरकार पुनर्गठनविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको आज न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संयुक्त इजलासमा सुनुवाइ हुने भएको छ। 

जेठ २७ गते कमलसिंह राना, सुरेश रोकाया र अधिवक्ता अपेक्षा निरौलाले संविधानको धारा १६८ को उपधारा ९ विपरीत प्रदेश सरकारले सरकार पुनर्गठन गरेको भन्दै रिट निवेदन दिएका थिए। जेठ १४ मा मुख्यमन्त्री त्रिलोचन भट्टले मन्त्री थप गर्दै ११ सदस्यीय बनाएका थिए। 
संविधानको धारा १६८ को उपधारा (९) मा कुल सदस्य संख्या २० प्रतिशतभन्दा बढी नहुने गरी प्रदेश सरकार गठन गर्नुपर्ने संवैधानिक प्रावधान छ। तर, प्रदेश सरकार विस्तार गर्दा उक्त प्रावधान मिचिएको भन्दै रिट निवेदन गर्दा गरिएको थियो। 

५३ जना सदस्य रहेको प्रदेशसभामा हाल ५२ जना मात्रै सांसद छन्। यसअघिको सुनुवाइका क्रममा विपक्षी बनाइएका मुख्यमन्त्री कार्यालय सहितलाई १५ दिनभित्र लिखित जवाफ पेस गर्न आदेश भएको थियो । जस अन्तर्गत लिखित जवाफ पेश भइसकेपछि आज पेसी तोकेर सुनुवाइ हुन लागेको हो। 
प्रकाशित: Aug 02, 2021| 11:35 सोमबार, साउन १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...