शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • समाज
  • प्राणी विज्ञानमा भएका अनुसन्धानले देश विकासमा टेवा पुग्छ : मन्त्री पोखरेल 

प्राणी विज्ञानमा भएका अनुसन्धानले देश विकासमा टेवा पुग्छ : मन्त्री पोखरेल 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले प्राणी विज्ञानमा भएका अनुसन्धानहरुले देश विकासमा टेवा पुग्ने बताएका छन्। 
 |  सोमबार, मंसिर १५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १५, २०७७

विराटनगर– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले प्राणी विज्ञानमा भएका अनुसन्धानहरुले देश विकासमा टेवा पुग्ने बताएका छन्। 

triton college

मन्त्री पोखरेलले सम्मेलनबाट नेपालमा प्राणी विज्ञानको क्षेत्रमा गरिएका अनुसन्धानहरुको पञ्जीकरण हुने र यिनीहरुले देश विकासमा योगदान दिने बताए। प्राणीशास्त्रीको प्रथम राष्ट्रि«य सम्मेलनमा मन्त्री पोखरेलले सो कुरा बताएका हुन्।

भर्चुअल रुपमा शुरु भएको सम्मेलनमा प्राणीशास्त्रीहरुले विभिन्न कार्यपत्र प्रस्तुत गर्नेक्रम जारी छ।  

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा धर्मकान्त बाँस्कोटाले प्राणी वैज्ञानिकहरुलाई मूलधारमा ल्याई देशको समृद्धिमा परिचालन गरिनुपर्ने बताए। प्राणीशास्त्रमा उच्च शिक्षा हासिल गरेकाहरुले आफ्नो ज्ञान र सीपलाई राज्यले  बुझ्न र प्रयोगमा ल्याउन नसकेको आरोप लगाउँदै आएका छन्। 

त्रिभुवन विश्वविद्यालय प्राणीशास्त्र केन्द्रीय विभाग र एलमुनाई एशोसिएनको आयोजना तथा विश्व संरक्षण संघ, विश्व वन्यजन्तु कोष, राष्ट्रिय प्रकृति संरक्षण कोषलगायतका संस्थाहरुको सहयोगमा चलिरहेको सम्मेलनमा विभिन्न उपविधाहरुमा कार्यपत्र प्रस्तुत भइरहेको छ। 

corrent noodles
Metro Mart

सम्मेलनमा देश विदेशका गरि एक सय ५० भन्दा बढी प्राणीशास्त्रीहरुको सहभागिता छ। विदेशी एक दर्जनभन्दा बढी विज्ञहरुलगायत नेपालका सो क्षेत्रमा ख्यातिप्राप्त व्यक्तिहरुको समेत सहभागिता रहेको प्राणीशास्त्र केन्द्रीय विभागका प्रमुख प्राडा तेजबहादुर थापाले जानकारी दिए।

सहभागीका कार्यपत्रको प्रस्तुतिकरण, प्यानल छलफल, कि नोट स्पिकिङ, लिड स्पिकिङ, समानान्तर सेसनजस्ता विभिन्न चरणगत समूह बनाई  कार्यक्रम भइरहेको आयोजक संस्थाले जनाएको छ। 


 

प्रकाशित: Nov 30, 2020| 06:14 सोमबार, मंसिर १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।