बिहीबार, वैशाख १३, २०८१

विराटनगरमा कोरोना संक्रमितको घरमै मृत्यु 

विराटनगर–विराटनगरमा एक कोरोना संक्रमितको आइतबार बिहान होम आइसोलेसनमा मृत्यु भएको छ। 
 |  आइतबार, मंसिर १४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १४, २०७७

triton college
corrent noodles
Metro Mart

विराटनगर–विराटनगरमा एक कोरोना संक्रमितको आइतबार बिहान होम आइसोलेसनमा मृत्यु भएको छ। 
 
विराटनगर–९ का ७८ वर्षीय वृद्धको बिहान ८ बजेतिर होम आइसोलेसनमा ज्यान गएको विराटनगर महानगरपालिकाले जनाएको छ। महानगरपालिकाका अनुसार ज्वरो आउने र श्वास फेर्न गाह्रो हुने समस्या रहेका वृद्धको पीसीआर परीक्षण गराउँदा शनिबार रिपोर्ट पोजिटिभ आएको थियो। 
 
रिपोर्ट पोजेटिभ आएका वृद्धलाई घरमै आइसोलेसनमा राखिएको थियो। बिहान स्वास्थ्यमा अचानक समस्या थपिएपछि उपचारका लागि अस्पताल लैजाने तयारी हुँदै गर्दा मृत्यु भएको जानकारी परिवारले महानगरलाई गराएको थियो। 
 
यसैबीच मोरङको उर्लाबारीका एक संक्रमित पुरुषको शनिबार राति विराटनगरमा मृत्यु भएको छ। नोबेल शिक्षण अस्पतालमा उपचारका क्रममा शनिबार उर्लाबारी नगरपालिका–५ का ५५ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले बताए। 


 

प्रकाशित: Nov 29, 2020| 06:42 आइतबार, मंसिर १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।