काठमाडौं– राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बलियो नेपाल न्यूट्रिशन ईनिशियटिवलाई पोषणयुक्त खानेकुरा वितरण गर्नको लागि आर्थिक सहयोग गरेको छ ।
सहयोग अन्तर्गत बर्दिया, कपिलवस्तु र नवलपरासी पश्चिम क्षेत्रका विजयपुर, पालिनन्दन, प्रतापपुर र सुस्ता गाउँपालिकाका बालबालिकालाई ६० दिनसम्म पोषणयुक्त खानेकुरा वितरण गरिनेछ।
यस सम्बन्धमा आइतबार बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र बलियो नेपाल न्यूट्रिशन ईनिशियटिवका प्रमुख कार्यकारी अधिकृत डा.अतुल उपाध्यायबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले स्वास्थ्य, वातावरण संरक्षण, शिक्षा, खेलकुद, वित्तीय साक्षरता लगायतको क्षेत्रमा मात्र नभएर बालबिालिकालाई पोषणयुक्त खानेकुरा वितरणमा पनि बैंकले सिएसआर मार्फत सहयोग गरेको बताए ।
बलियो नेपाल न्यूट्रिशन ईनिशियटिवका प्रमुख कार्यकारी अधिकृत डा.अतुल उपाध्यायले दुईवर्ष भन्दा कम उमेर समुहका बालिबालिकालाई पोषणयुक्त खानेकुरा वितरणको लागि लुम्बिनी प्रदेशलाई पाइलट प्रोजेक्टको रुपमा चयन गरिएको बताए ।