वीरगंज- जगदम्बा स्टिल उद्योगको भट्टी पड्किँदा दुई भारतीय र दुईजना नेपाली गरी ४ मजदुर घाइते भएका छन्।
शनिबार बिहान पौने एक बजेको समयमा जितपुर सिमरा उपमहानगरपालिका २ मा रहेको कारखानामा फलाम गलाउने काम भईरहँदा अचानक पड्किँदा त्यहाँ कार्यरत ४ जना मजदुर घाइते भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
घाइते हुनेमा सर्लाहीको सकरौल गाउँपालिका ६ बस्ने ४० वर्षका विकिन्द्र यादव र बरहथवा नगरपालिका ५ बस्ने २८ वर्षका मुकेश साह रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिएका छन्।
यसैगरी भारतको मोतिहारी जिल्ला बस्ने २६ वर्षका नईमुदिन आलम, र भारत शिवान ग्राम जिल्लाका ४८ वर्षका जनक देव यादव रहेका जनाइएको छ।
घाइतेमध्ये गम्भीर अवस्था रहेका बिकिन्द्रको काठमाडौंमा उपचार भइरहेको छ। बाँकी घाइतेको वीरगंजको नेशनल मेडिकल कलेज र नारायणी अस्पतालमा उपचार भइरहेको बारा प्रहरीले जनाएको छ।