शुक्रबार, वैशाख ७, २०८१

बन्दीपुरका सबै वडामा स्वास्थ्य चौकी 

तनहुँको बन्दीपुर गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखी नीति तथा योजना तयार गरिएको जनाएको छ।
 |  शनिबार, मंसिर १३, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर १३, २०७७

पोखरा- तनहुँको बन्दीपुर गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखी नीति तथा योजना तयार गरिएको जनाएको छ।

triton college

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयले गरेको स्वास्थ्य अधिकार सम्बन्धमा सरोकारवालाबीच अन्तर्क्रियामा बोल्दै गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले स्वास्थ्य नागरिकको नैसर्गिक अधिकार भएको हुँदा गाउँपालिकाले पनि नागरिकको स्वास्थ्यको अधिकारलाई प्राथमिकतामा राखेर योजनाहरु बनाएको बताए। 

गाउँपालिकाले स्वास्थ्य सम्बन्धी तयार गरेको नीति, कार्यक्रम र कार्यान्वयनको अवस्था तथा स्वास्थ्यको क्षेत्रमा सञ्चालन भइरहेको कार्यक्रमको बारेमा सरोकारवालाहरुलाई जानकारी दिने उद्देश्यले उक्त कार्यक्रम आयोजना भएको थियो।

अध्यक्ष थापाले सबै वडाहरुमा आधारभूत स्वास्थ्य केन्द्रको स्थापना, स्वास्थ्य केन्द्रहरुमा आवश्यक स्वास्थ्यकर्मीको उपलब्धता, गण्डकी प्रदेशमै विशेषज्ञ सेवा सहितको सरकारी अस्पताल, निःशुल्क औषधीहरु पर्याप्त मात्रामा वितरण तथा कोभिड–१९ संक्रमतिको उपचारमा जिल्लामै पहिलोपटक आफ्नै आइसोलेसन सहितको अस्पताल बन्दीपुर गाउँपालिकाले स्वास्थ्यको क्षेत्रमा गरेको सकारात्मक भएको सुनाए। 

नागरिकहरु अझै पनि धेरै सचेत नभइसकेको भन्दै अध्यक्ष थापाले सरकारी स्वास्थ्य संस्थामा सेवा लिन आउनुपर्नेमा जोड दिए।

corrent noodles
Metro Mart

जनताले तिरेको करबाट सरकार र स्थानीय तहले प्रत्येक वडामा सरकारी स्वास्थ्य संस्था स्थापना गरे पनि त्यस्ता संस्थामा नागरिकको उपस्थिति निकै कम हुने गरेको उनको भनाइ थियो।

बन्दीपुर अस्पतालको स्तरवृद्धि गरी ५० शय्याको बनाउने र मेडिकल शिक्षासमेत दिने गरी पूर्वाधारको निर्माण भइरहेको अध्यक्ष थापाले जानकारी दिए। 

गाउँपालिकाकी उपाध्यक्ष करुणा गुरुङले स्वास्थ्यलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रमहरु बनाइएको बताइन्। सबैको सहकार्य र समन्वयले कोभिडसँग जुधिरहेको भन्दै अब गाउँपालिका कोभिडको डेन्जर जोनमा नरहेको उपाध्यक्ष गुरुङले जानकारी दिइन्।

स्वास्थ्य संस्थामा भएको कमजोरीप्रति गाउँपालिका सचेत भएको भन्दै जिम्मेवार नागरिकले कमीकमजोरीहरु सार्वजानिक स्थानमा भन्नुभन्दा पनि जिम्मेवार प्राप्त व्यक्तिलाई जानकारी गराएमा चाँडै समाधान हुने उनको भनाइ थियो। 

प्रमुख प्रशासकीय अधिकृत महेश सुवेदीले सम्पूर्ण वडाहरुमा स्वास्थ्य चौकीको स्थापना गरिएको भन्दै अब तिनै वडाहरुबाट जनतालाई घर दैलोमै सेवा दिने बताए। निशुल्क वितरण गर्ने औषधी खरिद प्रक्रियामा रहेको उनले जानकारी दिए।

बन्दीपुर अस्पताललाई कोभिड अस्पताल बनाई संक्रमितहरुको त्यही उपचार गरिँदै आएको प्रमुख प्रशासकीय अधिकृत सुवेदीले बताए। 

कार्यक्रममा गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख अन्जिर भट्टराईले गाउँपालिकाले स्वास्थ्यको क्षेत्रमा गरिरहेको कार्यक्रमबारे जानकारी गराएका थिए।

उनका अनुसार ५ सय ६६ जनाको पिसिआर परीक्षण गरिएकोमा ७० जना संक्रमित भएको र त्यसमध्ये ६० जना निको भई हाल १० जना होम आइसोलेसनमा छन्। संक्रमितमध्ये १० जना स्वास्थ्यकर्मी रहेको भट्टराईले जानकारी दिए। 

मानवअधिकार समूहकी संयोजक दिलकुमारी रानाको अध्यक्षतामा भएको सो कार्यक्रममा समूहका सदस्य शान्ति कुँवर र काशीनाथ भट्टराईले पनि स्वास्थ्यलाई प्राथमिकतामा राखेर कार्यक्रम गर्नुपर्ने बताए।

प्रकाशित: Nov 28, 2020| 10:11 शनिबार, मंसिर १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।