काठमाडौं– क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना संक्रमण देखिको छ।
उनले समाजिक सञ्जामार्फत आफूलाई कोभिड–१९ पोजेटिभ देखिएको बताएका हुन्।
उनले लेखेका छन, ‘म नियमित कोभिड–१९ को टेस्ट गराइरहेको छु र आज मेरो रिपोर्ट पोजेटिभ आएको थाहा पाएँ।’
उनले गत बुधबारपछि शरीरमा दुखाई महशुस भए पनि स्वास्थ्य सुधार हुँदै गएको जानकारी दिएका छन्।
‘मेरो स्वास्थ्य सुधारोन्मुख छ। म अहिले होम आइसोलेसनमा छु,’ उनले लेखेका छन्।
उनले कोरोना जितेर चाँडै मैदानमा फर्कने जाकारी पनि गराएका छन्।
नेपालमा गत मंसिर ११ गतेबाट राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण सुरु भएको छ। लामिछाने राष्ट्रिय टोलीका महत्वपूर्ण सदस्य हुन्।
केही समयको बन्द प्रशिक्षणपछि उनी आउँदो डिसेम्बर १० बाट सुरु हुने बिग ब्यास लिग खेल्न अष्ट्रेलिया जाने तयारीमा छन्।
यस्तै केही समयअघि कोरोना संक्रमित भएका कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्र सिंह ऐरी र ब्याट्स्मेन रोहित कुमार पौडेल संक्रमण मुक्त भएका छन। उनीहरुको शुक्रबार पीसीआर रिपोर्ट नेगेटिभ आएको हो।