शुक्रबार, वैशाख ७, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा १० मेगावाटको सोलार प्लान्ट राख्ने तयारी

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा १० मेगावाटको सोलार प्लान्ट राख्ने तयारी

निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा १० मेगावाट क्षमताको सोलार प्लान्ट राख्ने तयारी गरिएको छ। 
 |  शुक्रबार, मंसिर १२, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १२, २०७७

काठमाडौं– निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा १० मेगावाट क्षमताको सोलार प्लान्ट राख्ने तयारी गरिएको छ। 

triton college

स्वच्छ ऊर्जाको प्रयोगलाई बढाउन विमानस्थलमा सोलार प्लान्ट जडान गरिने भएको हो। 

यसको लागि शुक्रबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईबीच छलफल भएको छ।

आजै नेपाल विद्युत् प्राधिकरण, ऊर्जा र पर्यटन मन्त्रालयका अधिकारीहरूबीच पनि छलफल भएको छ। 

छलफलमा एक साताभित्र सोलार प्लान्ट स्थापनाबारे विस्तृत खाका तयार पार्ने निष्कर्ष निकालिएको छ। 

corrent noodles
Metro Mart

यसअघि नै सोलार प्लान्ट राख्दा एसियाली विकास बैंकले वित्तीय सहयोग गर्ने प्रतिबद्धता जनाइसकेको छ। 

एडीबीको सहयोगमा झापामा पाँच, बुटवलमा सात, पोखरामा चार र चन्द्रौटामा आठ मेगावाट विद्युत् उत्पादन गर्ने प्लान्ट निर्माण प्रक्रिया अघि बढिसकेको छ। यसको लागि एडीबीले १८ अर्ब रुपैयाँ ऋण सहयोग गरेको छ।

ऊर्जा मन्त्रालयले सोही रकमबाट गौतमबुद्ध विमानस्थलमा पनि सोलार प्लान्ट जडान गर्न सकिने जनाएको छ। 
 

प्रकाशित: Nov 27, 2020| 08:59 शुक्रबार, मंसिर १२, २०७७
प्रतिक्रिया दिनुहोस्