शुक्रबार, वैशाख ७, २०८१

कोरोना संक्रमणबाट सुत्केरीको मृत्यु 

कोरोना संक्रमणबाट विराटनगरमा एक सुत्केरीको मृत्यु भएको छ।
 |  शुक्रबार, मंसिर १२, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १२, २०७७

विराटनगर– कोरोना संक्रमणबाट विराटनगरमा एक सुत्केरीको मृत्यु भएको छ। 

triton college

नोबेल शिक्षण अस्पताल विराटनगरमा बिहीबार राति ११ बजेतिर मोरङको रतुवामाई नगरपालिका–१० की २५ वर्षीया सुत्केरी महिलाको ज्यान गएको हो। 

अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार मृतक १७ दिनकी सुत्केरी हुन्। 

उपचारका क्रममा मिर्गाैलामा खराबी पाइएको र निमोनियाको पुरानै समस्या मृतकमा रहेको उनले बताए। 

सास फेर्न गाह्रो भएपछि र बोली बन्द भएपछि मंसिर १० गते बुधबार उनलाई उपचारका लागि परिवारका सदस्यले नोबेलमा भर्ना गरेका थिए। 

corrent noodles
Metro Mart

दाहालका अनुसार गम्भीर अवस्थामा भर्ना गरिएकी महिलालाई तत्काल आइसोलेसनमा भर्ना गरेर भेन्टिलेटरमा राख्दै उपचार थालिए पनि भोलिपल्टै ज्यान गएको हो।  

उपचारमा लापरबाही गरेर सुत्केरीको मृत्यु भएपछि अस्पतालले विभिन्न बहाना बनाएर मृत्युको कारण कोरोना देखाउने प्रयास गरेको आरोप परिवारको छ। 

बिहीबार राति नै बिरामीको मृत्यु भए पनि परिवारका सदस्य र आफन्तलाई शुक्रबार बिहान मात्रै जानकारी दिनुले पनि उपचारमा कमजोरी भयो भनेर शंका गर्ने धेरै ठाउँ रहेको मृतककी दिदीले बताइन्। 

बहिनीको मृत्युको बज्रपातसँगै भर्खर जन्मिएकी छोरीलाई कसरी हुर्काउने भन्ने अर्को तनाव थपिएको पनि सुनाइन् । 
    

सुत्केरी व्यथाले च्यापेपछि झापाको दमकस्थित आम्दा अस्पताल भर्ना गरिएकी महिलाको कात्तिक २५ गते शल्यक्रिया गरिएको थियो। 
शल्यक्रियामार्फत छोरी जन्माएकीपछि उनलाई अस्पतालले डिस्चार्ज दिएर घर पठायो। 
त्यतिबेला अस्पतालले आमा र छोरी दुवै स्वास्थ्य अवस्था राम्रो रहेको जानकारी परिवारका सदस्यलाई दिएको मृतककी दिदीले बताइन्। 

प्रकाशित: Nov 27, 2020| 05:15 शुक्रबार, मंसिर १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।