शुक्रबार, वैशाख ७, २०८१
  • गृहपृष्ठ
  • संवाद
  • व्यावसायिक र समावेशी टिम भएकाले हामी चुनाव जित्छौं  : चन्द्रप्रसाद ढकाल (अन्तर्वार्ता)

व्यावसायिक र समावेशी टिम भएकाले हामी चुनाव जित्छौं  : चन्द्रप्रसाद ढकाल (अन्तर्वार्ता)

कुनै पनि क्षेत्रका लागि यस्तै संकटकै बेलामा बलियो नेतृत्व चाहिने हो। मेरो बुझाइमा नेतृत्व भनेको संकटको सारथि हो। हाम्रो टिम त्यही सारथिको काम गर्ने जिम्मेवारीमा जाँदै छौं। 
 |  बिहीबार, मंसिर ११, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर ११, २०७७

उद्योगी, व्यवसायीको सबैभन्दा ठूलो छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को साधारणसभा बिहीबार सुरु भएको छ। साधारणसभाअन्तर्गत १३ गते महासंघको आगामी कार्यकालका लागि निर्वाचन हुनेछ। महासंघको विधानमा वरिष्ठ उपाध्यक्ष अर्को कार्यकालको स्वतः अध्यक्ष हुने प्रावधान छ। वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएका आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालसँग चुनावी एजेन्डा र निर्वाचित भएमा उनले गर्ने कामका बारेमा गरिएको  कुराकानीको सम्पादित अंश : 

triton college

तपाईंले महासंघमा लामो समय बिताउनुभयो। वर्तमान कार्यकालमा उपाध्यक्ष हुनुहुन्छ। अहिलेसम्म तपाईंले गरेका सम्झनलायक काम केके छन्? 

म आफैंले के गरें भन्नुभन्दा पनि मेरो कामको मूल्यांकन मेरा अग्रज र व्यवसायी साथीहरूबाट भएको होला। म कार्यकारिणी समिति सदस्यमा आउँदा अध्यक्ष रहेका आदरणीय सुरज वैद्यदेखि आजसम्म मैले दिएको योगदान संस्थागत सम्पत्ति हो। मलाई लाग्छ, संस्थाले दिएको जिम्मेवारी मैले पूर्ण रुपमा गरें।

१० वर्षसम्म गरेको कार्यलाई पूरै स्मरण गर्न त नसकौंला तर पछिल्लो उदाहरण रोजगारदाता परिषद्को सभापतिका रूपमा न्यूनतम पारिश्रमिक विवादको समाधानलाई पनि लिन सकिन्छ। 

लकडाउन अवधिको तलबमान निर्धारणका विषयमा म आफैं परिषद्को सभापति भएकोले एफएनसीसीआईको प्रतिनिधित्व गर्नुपर्दथ्यो, गरें। सरकार र मजदुर साथीहरुका प्रतिनिधिसँग बसेर समन्वय गरियो। यसमा सरकारको निर्णयभन्दा एक कदम अगाडि सरेर मजदुर प्रतिनिधिलाई ५० प्रतिशत तलबमा सहमत गराउने कामको समन्वय मैले नै गरेको हुँ। 

corrent noodles
Metro Mart

त्यसैगरी दुर्गमका जिल्ला, नगरदेखि अन्तर्राष्ट्रिय मञ्चहरूमा समेत महासंघको उपस्थितिका लागि अहोरात्र खटेको छु। नीति निर्माणका तहमा निजी क्षेत्रका आवाज मुखरित गरेकै छु। महासंघको प्रादेशिक संरचनाअनुसार स्थापना भएको प्रदेश उद्योग वाणिज्य संघको पूर्वाधारको व्यवस्थालगायत जिल्ला–नगरका हरेक सरोकार र जिल्लाका साथीहरुका गुनासालाई सुल्झाउने प्रयास गरेको छु। महासंघका साथीहरु यी सबै कामको साक्षी हुनुहुन्छ। 

महासंघको वरिष्ठ उपाध्यक्षमा तपाईंको उम्मेदवारी किन? तपाईंलाई मत दिनुपर्ने कारण? 

समृद्धिको यात्राको दरिलो खम्बा निजी क्षेत्र हो। तर निजी क्षेत्रले राज्यबाट अपेक्षाअनुसार सम्मान पाउन सकेको छैन। जुन बेला मुलुकको निजी क्षेत्रलाई आवश्यक परेको छ, अभिभावक चाहिएको हुन्छ त्यस बेला भने अभिभावकको भूमिका प्राप्त गर्न सकेको छैन। 

मेरो उम्मेदवारी यो क्षेत्रले सम्मान पाउन सक्ने अवस्था दिलाउन र राज्यबाट अभिभावकत्व पाउनका लागि हो। यसका लागि हामीले संघर्ष र संवाद दुवै गर्नुपर्ने हुन सक्छ। मचाहिँ संवादमा बढी विश्वास गर्छु। 

निजी क्षेत्रलाई राज्यले बोलीमा विकास र समृद्धिको स्टेकहोल्डर ठानेको छ। त्यसलाई व्यवहारमै आत्मसात् गर्न सक्ने बनाउनुपर्छ। त्यसैले पनि मेरो टिम महासंघको नेतृत्वमा पुग्नुपर्ने अवस्था छ। यसका साथै कोरोनाले थलिएको निजी क्षेत्र र देशको अर्थतन्त्र माथि उकास्न पनि सक्षम र सबल नेतृत्व चाहिन्छ। यसैका लागि हामी महासंघ नेतृत्वका लागि अघि बढेका हौं।

हामीले औद्योगिक र व्यापारिक वातावरण बनाउन थुप्रै काम गर्न बाँकी छ। ती विषयलाई हाम्रो टिमले एजेन्डाका रूपमा अगाडि बढाएको छ। म नेतृत्वमा आउनासाथ ती क्षेत्रको काम थाल्नेछु। 

अर्काे कुरा म महासंघमा द्विराष्ट्रिय र एसोसिएटबाटै प्रतिनिधित्व गरेको भए पनि जिल्ला–नगरका साथीभाइसँग सबैभन्दा बढी भिजेको छु। ताप्लेजुङदेखि दार्चुलासम्मका सबै जिल्ला तथा नगर उद्योग वाणिज्य संघका साथीहरूलाई सम्बन्धित जिल्लामै गएर भेट्ने महासंघको एक्लो पदाधिकारी मै हुँ। 

हामी नगरपालिकाको व्यावसायिक करमा उद्योग वाणिज्य संघलाई सहभागी गराउन पहल गर्नेछौं। निम्न आय भएका व्यवसायलाई कम्तीमा वार्षिक पाँच लाख रुपैयाँको आम्दानीको स्रोत जुटाउन मोडल बनाउने हाम्रो अर्को योजना हो। 

त्यसैगरी जिल्ला नगरका समस्या समाधान गर्न महासंघसँग सीधै जोडिने गरी संयन्त्र बनाउने योजना अगाडि सारेका छौं।

कोरोना महामारीले गर्दा इतिहासमै नभोगेको र नसोचेको क्षतिको अवस्था भोग्न बाध्य भएका छौं। यो जटिल चुनौतीसँग जुध्न महासंघमा दरिलो नेतृत्वको खाँचो महसुस भएको हो।

यही संकटसँग जुध्नका लागि व्यवसायी साथीहरूलाई बलियो काँध चाहिएकाले उहाँहरुले मलाई अघि सार्नुभएको हो। त्यसैले म नेतृत्वमा पुगेपछि उद्योगी व्यवसायीका समग्र समस्या समाधानमा लागिपर्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु। 

निर्वाचनमा तपाईंको टिमले जित्ने आधार के हो? 

हाम्रो टिम उद्योग व्यवसाय क्षेत्रको अनुभवले खारिएको छ। उम्मेदवार साथीहरूमा मुलुकका लागि केही गरौं भन्ने उत्साह छ। युवा जोशदेखि दशकौं लामो व्यावसायिक तथा चेम्बर आन्दोलनको अनुभवले भरिपूर्ण साथीहरूको समूह छ।

व्यावसायिक होस् कि भौगोलिक सबै हिसाबले टिम समावेशी छ। यसले व्यावसायिक र क्षेत्रगत सन्तुलन समेटेको छ। उत्पादनमूलक, सेवा, व्यापार, जलविद्युत्, कृषि, पर्यटन, साना–मझौलालगायत सबैखाले व्यवसायको सुनिश्चित प्रतिनिधित्व हाम्रो टिममा छ। 

देशमा औद्योगिक वातावरण निर्माण गर्न, वैदेशिक लगानी भित्र्याउन, नयाँनयाँ प्रविधि भित्र्याउन, निजी क्षेत्रको सिर्जनात्मक भूमिका बढाएर व्यावसायिक क्षेत्रमा देखापरेका समस्या समाधान गर्न र व्यवसायीका अधिकारका लागि सरकारसँग लबिङ या पोलिसी डायलग गर्न यो टिम सक्षम र सशक्त छ। 

हाम्रो मान्यता महासंघमा रियल स्टेकहोल्डरले मात्र नेतृत्व गर्नुपर्छ भन्ने हो। साना व्यवसायदेखि कर्पाेरेट तहमा व्यवसाय गरेकाहरूको प्रतिनिधित्व छ। जस्तो कि राज्यले दिने सीआईपी सम्मान पाउने चारजना पदाधिकारीका उम्मेदवारमध्ये दुई जना हाम्रो टिममा छौं। यो पनि हामीले चुनाव जित्ने एउटा आधार हो।       

कोरोना महामारीले देशको उद्योग व्यवसाय संकटमा छ। यस्तो बेलामा मुलुकको समग्र व्यवसाय क्षेत्रलाई नै पुनस्र्थापनाका लागि तपाईंले के पहल गर्नुहुन्छ?

अहिले उद्योग, व्यवसाय क्षेत्र सबैभन्दा बढी मारमा छ। हामी यसअघि कहिल्यै नआएको र नसोचेको क्षतिको अवस्था भोग्न बाध्य भएका छौं। त्यही कारण यो संकटसँग जुध्न पनि हामीलाई बलियो र सशक्त नेतृत्व चाहिएको हो। 

कुनै पनि क्षेत्रका लागि यस्तै संकटकै बेलामा बलियो नेतृत्व चाहिने हो। मेरो बुझाइमा नेतृत्व भनेको संकटको सारथि हो। हाम्रो टिम त्यही सारथिको काम गर्ने जिम्मेवारीमा जाँदै छौं। 

अहिलेको चुनौतीसँग जुधेर देशको समग्र निजी क्षेत्रको मनोबल उँचो पार्ने काममा दरिलो आत्मविश्वासका साथ हामी लाग्नुपर्ने अवस्था छ। नेतृत्वमा पुगेपछि मेरो प्रयास पनि यसैमा केन्द्रित रहनेछ। 

उद्योग व्यवसाय क्षेत्रलाई राहत प्रदान गर्न र अहिलेको अवस्थालाई माथि उठाउन पनि हामीसँग कार्ययोजना छन्। हामीले ‘एफएनसीसीआई भिजन २०२५’ को मस्यौदा बनाएर सार्वजनिक पनि गरेका छौं, हामी त्यसैमार्फत अघि बढ्छौं। 

लामो अनुभव र सबैको साथले म जित्छु : किशोर प्रधान (अन्तर्वार्ता)

प्रकाशित: Nov 26, 2020| 07:00 बिहीबार, मंसिर ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

मुटुरोगीको संख्या अस्वाभाविक रुपमा बढेको छ, जीवनशैली सुधारौं : डा‍‍. अवनिभूषण उपाध्याय [अन्तर्वार्ता]

मुटुरोगीको संख्या अस्वाभाविक रुपमा बढेको छ, जीवनशैली सुधारौं : डा‍‍. अवनिभूषण उपाध्याय [अन्तर्वार्ता]

नेपालमा २०३५ सालसम्म मुटु रोगको समस्या थिएन। नेपालीको जीवनशैली निकै राम्रो थियो । तर, अहिले खासगरी खानपिन र व्यायाम गर्ने परिपाटीमा धेरै परिवर्तन भएको छ।
सरकार बनाउने-ढाल्ने खेलले केन्द्रदेखि प्रदेशसम्मै विकास ओझेलमा परेको छ: पूर्वमुख्यमन्त्री शाही [अन्तर्वार्ता]

सरकार बनाउने-ढाल्ने खेलले केन्द्रदेखि प्रदेशसम्मै विकास ओझेलमा परेको छ: पूर्वमुख्यमन्त्री शाही [अन्तर्वार्ता]

तीन तहका सरकारबीच उचित समन्वय नहुँदा सेवा प्रवाहमा अन्योल देखिएको छ। गाउँगाउँमा सिंहदरबार पुगेको व्याख्या हुँदै आए पनि सिंहदरबारको समस्या प्रदेश र स्थानीय तहमा पनि...
शीतलनिवासबाट सबैले शीतलताको छहारी पाउने ग्यारेन्टी दिन्छु

शीतलनिवासबाट सबैले शीतलताको छहारी पाउने ग्यारेन्टी दिन्छु

‘समयअनुरुप चुनौती बदलिँदै र जटिल बन्दै गएका छन्। अहिलेको प्रणाली र संविधानमाथि विभिन्न कोणबाट देखिएका चुनौती अनि विचलनको अवस्थाप्रति सजग रही प्रभावकारी ढंगबाट काम गर्न...
राष्ट्रपति भएँ भने म सडकमा निस्किँदा जनताले जाम भोग्नु पर्दैन: सुवास नेम्वाङ [अन्तर्वार्ता]

राष्ट्रपति भएँ भने म सडकमा निस्किँदा जनताले जाम भोग्नु पर्दैन: सुवास नेम्वाङ [अन्तर्वार्ता]

नेकपा एमालेका तर्फबाट मुलुकको नयाँ राष्ट्रपतिका उम्मेदवार बनेका सुवासचन्द्र नेम्वाङले राजनीतिक अस्थिरताका कारण उकुसमुकुसमा रहेका जनताले राष्ट्रपति शीतलनिवासबाट बाहिर निस्कँदा सहजता महसुस गर्ने वातावरण बनाउन...
राष्ट्रिय राजनीतिमा हुने परिवर्तनले मलाई विश्वासको मत लिन सहज हुन्छ: कमलबहादुर शाह [अन्तर्वार्ता]

राष्ट्रिय राजनीतिमा हुने परिवर्तनले मलाई विश्वासको मत लिन सहज हुन्छ: कमलबहादुर शाह [अन्तर्वार्ता]

सबैको चाहना निर्वाचनमा जाँदाकै गठबन्धन अगाडि बढ्नुपर्छ भन्ने छ। पाँच वर्ष सोही गठबन्धनले काम गर्नुपर्छ भन्ने उहाँहरूको चाहना भएकाले छिटोभन्दा छिटो पुरानै गठबन्धनले निरन्तरता पाउने...