काठमाडौं– दुई दिने भ्रमणका लागि भारतीय विदेश सचिव नेपाल आइपुगेका छन्।
विदेश सचिव हर्षवद्र्धन श्रंगला अहिले केहीबेर अघि चार्टर्ड विमानमार्फत नेपाल आएका हुन्।
उनको यो पहिलो नेपाल भ्रमण हो। नेपालका समकक्षी परराष्ट्र सचिव भरतराज पौडेलको निमन्त्रणामा आएका हर्षवद्र्धनले आजैबाट उच्चस्तरीय भेटघाट गर्ने कार्यक्रम छ।
भ्रमणका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीदेखि राजनीतिक दलका शीर्ष नेताहरुलाई भेट्ने कार्यक्रम छ।
विदेश सचिव हर्षवद्र्धनले ज्यापु समाजको भवन र गोर्खामा एक गुम्बाको पनि उद्घाटन गर्ने कार्यक्रम तय भएको दूतावस स्रोतले जनाएको छ।