शुक्रबार, वैशाख १४, २०८१

रेबिजको तथ्यांक राख्दैन सरकार, विज्ञ भन्छन्– आतंकित नहोऔं, सचेत बनौं

विज्ञहरूले जंगली तथा घरपालुवा जनावरको टोकाइबाट हुने भएकाले कुनै पनि हेलचेक्र्याइँ नगरी उपचारमा लाग्न सुझाएका छन्।
 |  मंगलबार, असोज १२, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असोज १२, २०७८

काठमाडौं– विज्ञहरूले जंगली तथा घरपालुवा जनावरको टोकाइबाट हुने भएकाले कुनै पनि हेलचेक्र्याइँ नगरी उपचारमा लाग्न सुझाएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता तथा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेलले यो रोगको उपचार तत्काल भएमात्रै ज्यान बचाउन सकिने बताएका हुन्।

triton college

उनले भने, ‘जनावरको टोकाइबाट हरेक महिना थोरैमा एकदेखि दुई जना मानिसको मृत्यु भइरहेको छ। घरपालुवा कुकुरलाई रेबिजविरुद्धको खोप लगाएर पनि आफू बच्न सकिन्छ।’ प्रवक्ता पौडेलले जनावरले टोकिसकेपछि १०–१५ मिनेटसम्म साबुनपानीले टोकेको ठाउँमा धोएमा असर कम हुने बताए। ‘तथ्य बुझौं, त्रसित नहोऔं’ भन्ने मूल नारासहित ‘विश्व रेबिज दिवस २०७८’ नेपालमा पनि मनाइएको छ। 

निर्देशक डा. पौडेलले भने, ‘विशेष यो रेबिज जंगली जनावर, घर पालुवा, कुकुरको टोकाइबाट हुने गर्छ, हाम्रो तथ्यांकअनुसार गत वर्ष पनि ५० प्रतिशतभन्दा बढी व्यक्ति टेकु अस्पतालमा भर्ना भएका थिए। तीमध्ये कतिपयको मृत्यु पनि भएको छ।’

सबै स्थानमा आमनागरिकले सर्वसुलभ तरिकाले खोप पाउने व्यवस्था गर्नुपर्छ। कुकुरलाई रेबिज हुन नदिन त्यसविरुद्धको खोप लगाउनुपर्छ र कुकुरको जनसंख्यामा कमी गरे २०३० सम्ममा कुकुरबाट हुने रेबिज शून्यमा ल्याउन सकिन्छ।’

रेबिज भएर बजाउन सकिनेको पनि मृत्यु भएको उनको भनाइ छ। उनले भने, ‘मैले पाएको तथ्यांकअनुसार महिनामा एकदेखि दुई जनाको मृत्यु भएको छ टेकु अस्पतालमै। देशभरको तथ्यांक छैन।’ उनले घरपालुवा कुकुरलाई रेबिजविरुद्धको खोप लगाएर बच्न सकिने बताए। उनले भने, ‘रेबिजबाट बच्ने भनेको कुकुरको टोकाइपछि बनेको घाउलाई साबुनपानीले १०–१५ मिनेट राम्रोसँग धोएर बेलैमा रेबिजविरुद्धको खोप लगाउनुपर्छ। कतिपय अवस्थामा यो त घरकै कुकुर हो, केही लक्षण छैन, ठीकै छ भनेर खोप लगाउँदैनौं। त्यसले बचाउन मिल्ने व्यक्तिहरुको पनि दुःखद निधन भएको छ, त्यसैले सचेत बनौं, आतंकित होइन।’

corrent noodles
Metro Mart

डा. कृष्णप्रसाद पौडेल (बायाँ) र डा. अनुप बास्तोला।

शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुका निर्देशक डा. अनुप बाँस्तोलाले बर्सेनि २५ जनाजति रेबिजको लक्षण भएका बिरामी टेकु अस्पतालमा आउने गरेको बताए। उनले देशभरमा रेबिजबाट मृत्यु हुनेको वार्षिक तथ्यांक राख्न आवश्यक रहेको बताउँदै यसका लागि पहल गरिरहेको जानकारी दिए। 

कुकुरबाट मानिसमा हुने रेबिजलाई २०३० सम्म शून्यमा ल्याउने योजना सरकारको छ। निर्देशक बाँस्तोलाले भने, ‘यसका लागि सबै स्थानमा आमनागरिकले सर्वसुलभ तरिकाले खोप पाउने व्यवस्था गर्नुपर्छ। कुकुरलाई रेबिज हुन नदिन त्यसविरुद्धको खोप लगाउनुपर्छ र कुकुरको जनसंख्यामा कमी गरे २०३० सम्ममा कुकुरबाट हुने रेबिज शून्यमा ल्याउन सकिन्छ।’

निर्देशक बाँस्तोलाका अनुसार बर्सेनि रेबिजको लक्षण भएका २५ जनाजति बिरामी टेकु अस्पतालमा पुग्छन्। उनी भन्छन्, ‘कुकुर र अन्य जनावरले टोकेका मानिसको संख्या तीनचार हजारको मासिक सुई लगाउन आउनेको संख्या हुन्छ भने रेबिज संक्रमित नै भएर सुई लगाउन आउनेहरुको संख्या बर्सेनि २५ जना जति हुन्छ।’

प्रकाशित: Sep 28, 2021| 13:54 मंगलबार, असोज १२, २०७८
प्रतिक्रिया दिनुहोस्