बुधबार, वैशाख १२, २०८१
  • गृहपृष्ठ
  • समाज
  • पौने दुई खर्बको द्रुतमार्गमा १६ अर्ब रूपैयाँ सकियो, काम साढे १६ प्रतिशत

पौने दुई खर्बको द्रुतमार्गमा १६ अर्ब रूपैयाँ सकियो, काम साढे १६ प्रतिशत

मन्त्रिपरिषद् बैठकले २१ वैशाख २०७४ मा आयोजना निर्माणको काम नेपाली सेनालाई दिने निर्णय गरेको थियो।
 |  बुधबार, मंसिर १०, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १०, २०७७

काठमाडौं– नेपाली सेनाले निर्माणको जिम्मा पाएको काठमाडौं–तराई–मधेश द्रुतमार्ग आयोजना अन्तर्गत सुरुङ र पुलबाहेक सडक खण्ड खन्ने र पुर्ने काम ८८ प्रतिशत सकिएको छ। 

triton college

सेनाले दिएको जानकारीअनुसार ४४.१ किलोमिटरमा कालोपत्रे पूर्वको धेरैजसो काम सकिएको हो। ७२.५ किलोमिटर कुल लम्बाइ रहेको आयोजनाको ३ वटा सुरुङमार्गको लम्बाइ ६.४१ किलोमिटर छ। विभिन्न पुलहरुको लम्बाइ १०.५९ किलोमिटर र ढुंगामाटोको कटान र भरान गर्नुपर्ने सडक खण्डको लम्बाइ ५५.५ किलोमिटर छ।  

आयोजनाको समष्टिगत कार्य विवरणअनुसार अहिले छैटौं चरणमा काम भइरहेको नेपाली सेनाले जनाएको छ। गत आर्थिक वर्षको भौतिकतर्फ वार्षिक प्रगति ४२.८५ प्रतिशत र वित्तीयतर्फ ४२.८० प्रतिशत छ। समष्टिगत प्रगति भने भौतिकतर्फ ११.११ प्रतिशत र वित्तीयतर्फ ९.५२ प्रतिशत रहेको सेनाले जानकारी दिएको छ। आयोजना निर्माणमा अहिलेसम्म १६ अर्ब ६६ करोड खर्च भइसकेको छ। 

सुरुङ निर्माण कार्यका लागि राष्ट्रिय परामर्शदाता छनोट भई आवश्यक भौगोलिक अध्ययनको काम सकेर प्रतिवेदन तयार गरिएको छ। उक्त प्रतिवेदनको अध्ययन भइरहेको सेनाले बताएको छ। महादेवटारमा ९, धेद्रेमा ५ र लेनडाँडामा ४ गरेर १८ वटा ड्रिलिङ गर्ने काम अन्तिम चरणमा पुगेको छ। सुरुङमार्ग निर्माण कार्यको लागि सक्षम अन्तर्राष्ट्रिय निर्माण व्यवसायी छनोट गर्न आवश्यक काम सकेर हाल मूल्यांकनको कार्य भइरहेको सेनाले बताएको छ ।

मूल्यांकनको कार्य मंसिर मसान्तसम्म सम्पन्न गरेर कम्पनीहरुको विवरण सार्वजनिक गरिने र त्यसै अनुसार उनीहरुलाई पुस १५ गतेसम्म बिड डकुमेन्ट प्रदान गरी सक्ने लक्ष्यका साथ काम भइरहेको छ। यो कार्य तालिका अनुसार चैतसम्ममा सम्झौता सम्पन्न भई सुरुङमार्गको कार्य सुरु गर्ने लक्ष्य छ।

corrent noodles
Metro Mart

नेपाली सेनाका अनुसार हालसम्म पुल निर्माणसम्बन्धी ६ वटा प्याकेज अन्तर्गत भौगोलिक अध्ययनको काम भइरहेको छ। यसका लागि राष्ट्रिय परामर्शदाता छनोट गर्न मूल्यांकन कार्य सम्पन्न गरी सूचीकृत भएका परामर्शदाताबाट कार्ययोजना माग गरेर  मूल्यांकनको काम भइरहेको छ। 

सुरुङ तथा पुल निर्माण लगायतको काममा सहजताका लागि पहुँच मार्ग निर्माण गर्ने कार्य भइरहेको सेनाले बताएको छ। पहिलो प्राथमिकतामा ३ वटै सुरुङ खण्डको इन्टेक तथा आउटलेट जोड्ने गरी पहुँच मार्ग निर्माणको कार्य अगाडि बढाइएको छ।

आयोजनास्थलको विभिन्न पहुँच मार्ग सडक खण्डमा १२ वटा बेलिब्रिज जडान गर्ने योजना मुताबिक निर्माण कार्य भइरहेको छ। निजगढमा २ वटा बेलिब्रिज जडान भइसकेको छ। हाल राजदमार, धेद्रे, सिस्नेरी र खोकनामा निर्माण कार्य सुचारु गरिएकोमा विवादका कारण खोकना साइट भने अवरुद्ध भएको छ। 

आयोजनाको काम अघि बढाउने क्रममा मख्खुवेशी, महादेवटार, लेनडाँडा, राजदमार र निजगढ गरेर ५ स्थानमा ल्याब भवन निर्माण गरिएको छ। त्यहाँ आधारभूत प्रयोगशाला सामग्री जडान गरेर आयोजना निर्माणको आधारभूत गुणस्तर परीक्षणको व्यवस्था गरिएको छ। 

आयोजना अन्तर्गत जग्गा अधिग्रहण गर्नको लागि प्रकाशित सूचनामध्ये हालसम्म ८४ प्रतिशत जग्गाको मुआब्जा वितरण गरिएको सेनाले जानकारी दिएको छ। १६ प्रतिशत जग्गाको मुआब्जा बाँकी छ।

मकवानपुर जिल्ला अन्तर्गतको ९९ रोपनी जग्गाको पुर्जा तयार भई सम्बन्धित जग्गाधनीहरुलाई मुआब्जा रकम वितरण गर्ने कार्य सम्पन्न भएको र खोकना ईलाकाको दु्रतमार्ग रेखाङ्कनमा परेका स्थानमा स्थानीय विवादका कारण जग्गा प्राप्तिमा बाधा परेको र समस्या समाधानको लागि आवश्यक समन्वय तथा पहल भइरहेको छ।

आयोजना निर्माणस्थलमा पर्ने रुख कटान र त्यहाँ नयाँ रुख रोप्ने काम पनि भइरहेको छ। मकवानपुर जिल्ला वन कार्यालय तथा सामुदायिक वन उपभोक्ता समितिसँग समन्वय गरी बागदेव ईलाकाको मौरीभिरमा हालसम्म २६७ वटा रुख कटान गरिएको छ भने बाँकी रुख कटान कार्य सुचारु गरिएको छ। धेद्रे सुरुङ मार्गको इलाकाको रुख कटान कार्य सुरु गरी ४७१ वटामध्ये ५० वटा रुख काटिएको छ। रुख कटानसँगै हालसम्म एक लाख ७६ हजार ५१६ फलफूल तथा विभिन्न प्रजातिका बिरुवा वृक्षारोपण गरिएको छ। 

सेनाका अनुसार काठमाडौं–तराई–मधेस द्रुतमार्ग सडक आयोजनाको डिजाइन तथा कन्स्ट्रक्सन सुपरभिजनको लागि परामर्शदातासँग परामर्श सेवा ठेक्का भइसकेको छ। परामर्शदाता कम्पनीका विज्ञसहितको टोलीले फिल्ड सर्भेको काम गरिरहेको छ।

आयोजनाको समष्टिगत वातावरण प्रभाव मूल्यांकन प्रतिवेदन भने नेपाली सेनामा हस्तान्तरण हुनुपूर्व नै स्वीकृत भइसकेको छ। हाल आयोजनामा सुरुङ मार्ग र पुल निर्माण सम्वन्धमा केही परिमार्जन भएअनुरुप आवश्यक थप अध्ययनको काम भइरहेको छ। 

चालू आर्थिक वर्ष ०७७–७८ का लागि आयोजनाको पुँजीगततर्फ ८ अर्ब ८४ करोड र चालूतर्फ ९ करोड ८४ लाख बजेट विनियोजन भएको छ। यस आर्थिक वर्षमा सुरुङमार्ग प्याकेजको ठेक्का व्यवस्थापन भई कार्य सुचारु गरिने, ४ किलोमिटर ढुंगामाटोको कार्य गरिने, ८०७ रोपनी जग्गा अधिग्रहण गरिने र एक हजार १५० वटा रुख कटान गरेर त्यहाँ वृक्षारोपण गर्ने कार्यक्रम छ। 

सेनाका अनुसार कोरोना महामारीका कारण आयोजना निर्माण कार्यमा चुनौती थपिएको छ। गत आर्थिक वर्षको लक्ष्य अनुरुपको कार्य प्रगतिसमेत प्रभावित भएको सेनाले जनाएको छ। 

राष्ट्रिय गौरवको काठमाडौं–तराई–मधेश द्रुतमार्ग सडक आयोजना पारदर्शी एवं गुणस्तरीय रुपमा लक्षित समयमै सम्पन्न गर्ने गरी समष्टिगत कार्य योजना अनुसार महामारी लगायत विभिन्न चुनौतीका बीच निर्माण कार्यलाई तदारुकताका साथ अगाडि बढाइएको सेनाका प्रवक्ता सहायक रथी सन्तोषवल्लभ पौडेलले बताएका छन्।

७२.५ किलोमिटर लामो आयोजना ललितपुर–काठमाडौं–मकवानपुर–बारा हुँदै निजगढलाई अन्तिम बिन्दुको रुपमा प्रस्ताव गरिएको छ। लामो समयसम्म डीपीआर उपलब्ध नहुनु र उपलब्ध भएपछि पनि स्वीकृति नहुनु र अन्तराष्ट्रिय परामर्शदाताको छनोटमा हुन गएको ढिलाइ तथा कोभिड–१९ का कारण आशातित गतिमा अघि बढ्न सकेको थिएन। अहिले आयोजनाले अन्तर्राष्ट्रिय परामर्शदाता र सम्बद्ध टिमको आगमन एवं जटिल पाटोको रुपमा रहेको सुरुङ मार्गको लागि कम्पनीहरुको छनोटका लागि मूल्यांकन कार्यसँगै गति लिएको सेनाले जनाएको छ।

मन्त्रिपरिषद् बैठकले २१ वैशाख २०७४ मा आयोजना निर्माणको काम नेपाली सेनालाई दिने निर्णय गरेको थियो। सरकारको निर्णय अनुसार १ भदौ २०७६ मा डीपीआर स्वीकृत भएको थियो। आयोजनाको अनुमानित लागत १ खर्ब ७५ अर्ब रुपैयाँ छ।
 

प्रकाशित: Nov 25, 2020| 09:05 बुधबार, मंसिर १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।