शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • समाज
  • निषेध आदेश तोड्दै बर्दिवासमा प्रदर्शन, भीड अनियन्त्रित हुँदै

निषेध आदेश तोड्दै बर्दिवासमा प्रदर्शन, भीड अनियन्त्रित हुँदै

बालिका हत्याको विरोधमा सडकमा उत्रिएको भीड नियन्त्रण बाहिर हुन थालेपछि  बर्दिवासमा स्थानीय प्रशासनले बिहीबार बिहानसम्मका लागि निषेध आदेश जारी गरेको छ।
 |  बुधबार, मंसिर १०, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १०, २०७७

जनकपुरधाम-  बालिका हत्याको विरोधमा सडकमा उत्रिएको भीड नियन्त्रण बाहिर हुन थालेपछि  बर्दिवासमा स्थानीय प्रशासनले बिहीबार बिहानसम्मका लागि निषेध आदेश जारी गरेको छ।

triton college

तर निषेध आदेशका बावजुद पनि प्रदर्शन भने जारी नै छ।  

बालिका हत्याको विरोधमा सडकमा उत्रिएका प्रदर्शनकारी मध्ये एकजनाको प्रहरीको गोलीबाट मृत्यु भएपछि प्रदर्शन झनै उग्र बन्न पुगेको हो।

मंगलबार प्रदर्शनकारीहरु बालिका गुलबसाको शव लिएर प्रदर्शन गरिरहँदा प्रहरीले शव खोसेपछि प्रदर्शनकारीहरु झनै उग्र भएका थिए ।

सोही क्रममा प्रदर्शनकारीलाई तितर बितर पार्न प्रहरीले हवाई फायरसंगै गोली चलाएपछि बुद्धिराज न्यौपाने  (सञ्जय) को मृत्यु भएको हो।

corrent noodles
Metro Mart

न्यौपानेको मृत्यु भएपछि बर्दिवासका बासिन्दा सरकार र प्रहरीविरुद्ध नारावाजी गर्दै सडकमा प्रदर्शन गरिरहेका छन् ।

प्रदर्शनमा प्रदेश- २ का प्रदेशसभा सदस्य शारदा थापाको समेत सहभागिता छ।

उता न्यौपानेको उपचारका क्रममा मृत्यु भएपछि बर्दिबासमा बसेको सर्वपक्षीय भेलाले न्यौपानेलाई सहित घोषणा गर्नुपर्ने,  आन्दोलनका घाइतेलाई उपचार तथा क्षतिपूर्ति दिनु पर्ने, गोली चलाउन निर्देशन दिने अधिकारीलाई कारवाही गर्नुपर्ने,  बालिकाका हत्यारालाई कडा कारवाही हुनु पर्ने लगायतका माग राखेका छन्।

बैठकले कांग्रेसका नेता चिरञ्जिवी हमालको संयोजकत्वामा ११ सदस्यीय वार्ता टोली समेत गठन गरेको छ।

बर्दिबास नगरपालिका १४ शुभम् बस्तीका सहिद आलमकी ६ वर्षीया छोरी गुलबसा खातुनको गत सोमबार हत्या भएको थियो। हत्याको आरोपमा स्थानीय अरुण साह पक्राउ परिसकेका छन्।

प्रदर्शन चर्किएपछि बर्दिवासमा निषेध आदेश*, प्रहरीसँग स्थानीय आक्रोशित

प्रकाशित: Nov 25, 2020| 05:59 बुधबार, मंसिर १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।