शुक्रबार, वैशाख ७, २०८१
  • गृहपृष्ठ
  • समाज
  • उच्च ओहदाका को कति व्यक्ति कोरोना संक्रमणबाट प्रभावित ?  

उच्च ओहदाका को कति व्यक्ति कोरोना संक्रमणबाट प्रभावित ?  

पाँच जना मन्त्री, एक प्रदेश प्रमुख, दुई मुख्यन्त्रीसहित ३० जना सांसदसहित जनप्रतिनिधिहरुले जिते कोरोना 
 |  बुधबार, मंसिर १०, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १०, २०७७

काठमाडौं– कोरोना सङ्क्रमणबाट अहिलेसम्म पाँच जना केन्द्रीय मन्त्री प्रभावित भएका छन्।

triton college

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालका अनुसार एक प्रदेश प्रमुख र दुई प्रदेश मुख्यमन्त्रीले पनि कोरोनाको सङ्क्रमणलाई जितेका छन्। 

कारोनाबाट हालसम्म ३० जनाभन्दा बढी संघीय सांसद तथा केही प्रदेशमन्त्री,  प्रदेशसभा सदस्य, नगर तथा गाउँपालिकाका प्रमुखसहितका जनप्रतिनिधि पनि कोरोनाबाट प्रभावित भइसकेका छन्। 

संवैधानिक अंगका पदाधिकारी मात्र होइन नेपाल सरकारका मुख्यसचिव समेतले कोभिड १९ को सङ्क्रमणको जोखिम व्यहोरिसकेका छन्।  नेपाली सेनामा उपरथि र प्रहरीमा प्रहरी नायब महानिरीक्षकसम्म सङ्क्रमित भइसकेका छन्।  

सङ्क्रमितमध्ये ८० प्रतिशतभन्दा बढीलाई रोगको लक्षण नदेखिने चिकित्सको भनाइ छ।  सङ्क्रमितमध्ये १५ प्रतिशतमा केही कडा लक्षण देखिने गरेको छ भने पाँच प्रतिशतले आइसीयू तथा भेन्टिलेटर प्रयोग गर्नपर्ने हुनसक्ने अनुमान गरिएको छ। 

corrent noodles
Metro Mart

कोभिड–१९ का बिरामीलाई अस्पतालको श्ययामा राख्नु परेमा प्रतिव्यक्ति १५ हजार, सघन उपचार कक्ष (आइसीयू)मा भर्ना गर्नुपरेमा सात हजार तथा आइसीयूमा भेन्टिलेटरसहितको सेवा दिन परेमा प्रतिदिन प्रतिव्यक्ति १५ हजारका दरले उपचारको सम्पूर्ण जिम्मेवारी सरकारले लिएको छ। 

तुलनात्मकरूपमा गर्मीको तुलनामा चिसो मौसममा कोभिड–१९ को सङ्क्रमण बढ्छ भन्ने केहीमा मनोविज्ञान रहे पनि त्यो सही नभएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए। 

अहिले देखिरहेको प्रभावका आधारमा आगामी चार महिनामा बढीमा एक लाख ४५ हजार व्यक्ति थप सङ्क्रमण हुनसक्छन् भन्ने अनुमान गरी सुझबुझका साथ तयारीलाई व्यवस्थित गरिएको मन्त्रालयले जनाएको छ। 

मन्त्री ढकालले भने, ‘कुनै राजनीतिक दल, लिङ्ग, जाति, तहतप्का, भूगोल र समुदाय विशेष भनेर नछुट्याउने साझा शत्रुका रूपमा रहेकाले कोरोनाविरुद्ध साझा मोर्चा निर्माण गरी यसमाथि विजय प्राप्त गर्नु आजको आवश्यकता हो।’

प्रकाशित: Nov 25, 2020| 05:32 बुधबार, मंसिर १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।