शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • समाज
  • कर्णाली : राजधानीको मुहार बदल्न एक अर्बका पाँच वटा ‘ड्रिम प्रोजेक्ट’

कर्णाली : राजधानीको मुहार बदल्न एक अर्बका पाँच वटा ‘ड्रिम प्रोजेक्ट’

कर्णाली प्रदेश सरकारले राजधानी सहर वीरेन्द्रनगरमा अर्ब रुपैयाँ लगानी गरेको छ।
 |  बुधबार, मंसिर १०, २०७७

देव राना

देव राना

बुधबार, मंसिर १०, २०७७

सुर्खेत–  कर्णाली प्रदेश सरकारले राजधानी सहर वीरेन्द्रनगरमा अर्ब रुपैयाँ लगानी गरेको छ। राजधानीको एकीकृत विकासका लागि सरकारले पहिलोपटक यति ठूलो रकम लगानी गरेको हो। 

triton college

चालू आर्थिक वर्षमा विभिन्न पाँच वटा प्रोजेक्टमा रहेर कुल एक अर्ब एक करोड लगानीमा गरिएको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ।

प्रदेश सरकारले छनोटट गरेका पाँच वटा ड्रिम प्रोजेक्टअन्तर्गत सडकदेखि विमानस्थल विस्तारसम्मका आयोजना छन्। जसमध्ये सुर्खेत विमानस्थल विस्तार सबैभन्दा ठूलो लगानीको आयोजना हो। विमानस्थल विस्तारकै लागि प्रदेश सरकारले चालू आर्थिक वर्षमा ५० करोड छुट्याएको छ। 

विमानस्थल विस्तारका लागि प्रदेश सरकार र संघीय सरकारबीच समझदारी भइसकेको छ। समझदारीअनुसार संघीय सरकारले विमानस्थल विस्तारका लागि ३० बिघा जग्गा अधिग्रहण गर्न अनुमति दिएको छ।  १२ सय ६० मिटर रनवे रहेको धावनमार्ग विस्तार गरेर १५ सय मिटर पुर्याइनेछ। 

धावनमार्ग १५ सय मिटर पुर्याइएमा ठूला जहाज अवतरण गर्न सकिने अपेक्षा छ। रनवे सानो भएकै कारण हाल सुर्खेतमा साना जहाजले मात्रै उडान गर्दै आएका छन्।

corrent noodles
Metro Mart

अन्य सडक विस्तार तथा स्तरोन्नति, खानेपानी समस्याको समाधान, पर्यटकीय क्षेत्रको विकास र चक्रपथ निर्माणका लागि कुल ५१ करोड लगानी गरिएको आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले जानकारी दिए। 

सडक विस्तार आयोजनाअन्तरगत एकै पटक वीरेन्द्रनगरका ३६ वटा सडकको स्तरोन्नति तथा विस्तार कार्य भइरहेको छ। 

चक्रपथ निर्माणसँगै वीरेन्द्रनगरका मुख्य र सहायक सडकमा कालोत्रपत्रे, स्तरोन्नति तथा मर्मत सुधार र नाली निर्माण भइरहेको छ। 

वीरेन्द्रनगरको मुख्य पर्यटकीय क्षेत्र काँक्रेविहार पुग्ने सडक (मंगलगढीदेखि लाटीकोइलीसम्म) कालोपत्रेका लागि १७ करोड बजेट छुट्याएको छ।

यस्तै राजधानी सहर वीरेन्द्रनगरको खानेपानी समस्या समाधानका लागि आठ करोड छुट्याइएको छ। उक्त बजेटबाट भेरी नदीको पानी लिफ्टिङ गरेर वीरेन्द्रनगरमा ल्याइनेछ।

वीरेन्द्रनगरका पर्यटकीय क्षेत्र काँक्रेविहार, बुलबुले, देउतीबज्यै मन्दिर र सहिद पार्कको पूर्वाधार निर्माण भइरहेको छ। आयोजनाअन्तरगत वीरेन्द्रनगर नगरपालिकाको सह–लगानीमा मुख्य बजार क्षेत्रमा सीसी क्यामेर र सोलार जडान गरिनेछ। 

वीरेन्द्रनगरलाई राजधानी सुहाउँदो सहर बनाउन आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाको संयोजकत्वमा ‘राजधानी वीरेन्द्रनगरको एकीकृत विकास समिति’ गठन गरिएको छ। तोकिएकै समयमा पाँचवटै प्रोजेक्ट सम्पन्न भए राजधानीको स्वरुप फेरिने प्रदेश सरकारको अपेक्षा छ।
 

प्रकाशित: Nov 25, 2020| 01:05 बुधबार, मंसिर १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।