शुक्रबार, वैशाख ७, २०८१
  • गृहपृष्ठ
  • समाज
  • राष्ट्रिय गौरवका आयोजनाको समन्वय गर्ने जिम्मा उपप्रधानमन्त्री पोखरेललाई

राष्ट्रिय गौरवका आयोजनाको समन्वय गर्ने जिम्मा उपप्रधानमन्त्री पोखरेललाई

उपप्रधानमन्त्री ईश्वर पोखरेलले राष्ट्रिय गौरवका आयोजनाको समन्वय गर्ने जिम्मा पाएका छन्। 
 |  मंगलबार, मंसिर ९, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ९, २०७७

काठमाडौं– उपप्रधानमन्त्री ईश्वर पोखरेलले राष्ट्रिय गौरवका आयोजनाको समन्वय गर्ने जिम्मा पाएका छन्। 

triton college

प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरेललाई मंगलबार औपचारिक रुपमा जिम्मेवारी दिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पुष्टि गरेको हो। 

राष्ट्रिय गौरवका आयोजनाको काम गर्दा आइपरेका विभिन्न राजनैतिक समस्याको समाधान अबदेखि पोखरेलले गर्ने छन्। 

जिम्मेवारी पाएलगत्तै पोखरेलले राष्ट्रिय गौरवका आयोजनामध्ये केही सडक आयोजनाको प्रगति र अवरोधबारे छलफल गरेका थिए। 

छलफलमा पोखरेलका साथै भौतिक योजना तथा निर्माणमन्त्री वसन्तकुमार नेम्बाङ, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेल र सम्बन्धित आयोजना प्रमुखहरूको उपस्थिति थियो। 

corrent noodles
Metro Mart

छलफलमा मध्यपहाडी लोकमार्ग निर्माणका क्रममा दुई ठाउँमा अवरोध आएको र हटाउन पहल गरिदिन आयोजना प्रमुखले उपप्रम पोखरेललाई आग्रह गरे। 

मंगलबारको छलफलमा हुलाकी राजमार्ग, कोशी करिडोर, गण्डकी करिडोर र कर्णाली करिडोरमा भएको प्रगतिका साथै समस्याको बारेमा छलफल भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव डा. तीर्थ ढकालले नेपाल समयलाई जानकारी दिए। 

प्रकाशित: Nov 24, 2020| 14:45 मंगलबार, मंसिर ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।