शुक्रबार, वैशाख १४, २०८१

चकलेट किन्न गएकी गुलबसाको हत्या ‘पेसेवर अपराधी’ बाट

कोरोना संक्रमण जोखिमका कारण लामो समयदेखि बन्द विद्यालय सञ्चालनमा आउने सुनेपछि गुलबसा औधी खुसी थिइन्। खुसी साट्न उनी तत्काल छेउमै रहेको फुपू सेलिना खातुनको घर पुगिन्। गुलबसाको खुसीको मुहार सेलिनाको मस्तिष्कमा ताजै छ। 
 |  मंगलबार, मंसिर ९, २०७७

जयन्त ठाकुर

जयन्त ठाकुर

मंगलबार, मंसिर ९, २०७७

जनकपुरधाम-  बर्दिवास नगरपालिका शुभम् बस्तीकी ६ वर्षीया गुलबसा खातुनलाई गत आइतबार मात्रै यूकेजीमा भर्ना गरिएको थियो। 

triton college

कोरोना संक्रमण जोखिमका कारण लामो समयदेखि बन्द विद्यालय सञ्चालनमा आउने सुनेपछि गुलबसा औधी खुसी थिइन्। खुसी साट्न उनी तत्काल छेउमै रहेको फुपू सेलिना खातुनको घर पुगिन्। गुलबसाको खुसीको मुहार सेलिनाको मस्तिष्कमा ताजै छ। 

बुवा सहिद आलमको पनि छोरीलाई पढाएर ठूलो मान्छे बनाउने सपना थियो। उनी मुस्लिम समाजमा छोरीलाई उच्च शिक्षा पढाएर उदाहरणीय बनाउने अठोटमा थिए। उनको त्यो सपना पूरा नहुँदै छोरी सदाका लागि  संसारबाट बिदा भएको यथार्थप्रति आलमलाई विश्वास लागेको छैन। 

घटनाको पृष्ठभूमि

मंसिर ७ गते यूकेजीमा भर्ना भएपछि गुलबसा खुसी हुँदै फुपू सेलिनाको घरमा पुगिन्।

corrent noodles
Metro Mart

सेलिनाले भनिन्, ‘उनले सोमबारदेखि विद्यालय जान्छु, राम्ररी पढ्छु फुपू भनेकी थिइन्।’ त्यसपछि गुलबसा सधैंजसो छेउमै रहेको अरुणको पसलमा चकलेट किन्न पुगिन्। तर फर्केर आइनन्।

गुलबसा नफर्केपछि परिवारका सबै सदस्य खोजतलासमा जुटे। टोलभर खबर भयो। रातभर खोज्दा पनि अवस्था पत्ता नलागेपछि उनीहरु त्यत्तिकै सुते। परिवारमा रातभर छटपटी भयो।

बुवा सहिद आलमले सोमबार बिहान छिमेकी अरुण साहमाथि आरोप लगाउँदै प्रहरीमा उजुरी गरे। आरोपित अरुणको घरमा खोजी गर्न जाँदा तलासी गर्न दिइएन। स्थानीयको दबाबपछि तलासी गर्न त दिए तर घरमा राखिएको सीसीटीभी फुटेज हेर्न दिएनन्। 

प्रहरीले अनुसन्धान थालेपछि साहलाई गौशाला नगरपालिका ५ स्थित घरबाटै  पक्राउ गरिएको थियो।

अरुणले आरोप स्वीकार गरेपछि बालिका गाडिएको स्थलमा जाँदा माटोमुनि बोरामा बाँधिएको अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालय गौशालाका प्रमुख प्रहरी निरीक्षक प्रकाश रेग्मीले जानकारी दिए। 

बर्दिबासस्थित पसलमा ‘चक्लेट’ किन्न गएकी बालिका गुलबसालाई अरुणले अपहरण गरेर हत्या गरी बोरामा बाँधेर शव गाडेर आफ्नो गाउँ गौशाला फर्केको प्रहरी निरीक्षक रेग्मीले बताए। 

बलात्कार भएनभएको बारेमा अनुसन्धानबाट खुल्ने उनले बताए। यद्यपि स्थानीयवासीले बलात्कार गरी हत्या गरेको दाबी गरेका छन्।  
प्रहरी निरीक्षक रेग्मीका अनुसार बालिकाको हत्या गरेर फालेको कुरा आरोपितले आफ्नो घरपरिवारमा समेत बताएका थिए। 

उनले भने, ‘उनको पारिवारिक स्रोतबाट हत्याको कुरा प्रहरीमा जानकारी आएको तथा परिवारका सदस्यले नै उसलाई प्रहरी कार्यालय गौशालामा ल्याएर सोमबार राति १२ बजे बुझाएका थिए।’

अरुण पेसेवर अपराधी

बालिका हत्यामा मुछिएका अरुणको यो पहिलो घटना होइन।  प्रहरीका अनुसार उनी यसअघि पनि हत्या आरोपमा धरौटीमा रिहा भइसकेका व्यक्ति हुन्। 

प्रहरी निरीक्षक रेग्मीले आरोपित अरुण यसअघि पनि हत्या आरोपमा पक्राउ परेर अदालतबाट धरौटीमा रिहा भएको बताए। उनले भने, ‘गत २०७७ वैशाख २८ गते आफ्नै साथी दिलीप ठाकुरको हत्या गरेको आरोपमा साह पक्राउ परेका थिए।’ 

अनुसन्धानपछि जिल्ला अदालतमा मुद्दा चलाइयो तर उनी धरौटीमा रिहा भए। रेग्मीका अनुसार दिलीप र अरुणबीच रक्सी खाएपछि उत्पन्न विवादमा कुटाकुट भएको थियो।

अरुणले हानेको ढुंगाले दिलीपको मृत्यु भएपछि उनलाई पक्राउ गरी कर्तव्य ज्यानको मुद्दा चलाइयो। जिल्ला अदालतबाट धरौटीमा रिहा भए। रिहा भए पनि उच्च अदालत जनकपुरमा मुद्दा विचाराधीन छ। 

बर्दिवास दिनभर तनावग्रस्त

बालिकाको शव बरामद भएको खबर फैलिनासाथ आक्रोशित स्थानीय बासिन्दा शव सडकमै राखेर प्रदर्शनमा उत्रिएका थिए। प्रदर्शनकारीले आरोपित साहको पसल र घरमा आगजनी गरेपछि अवस्था तनावग्रस्त बन्न पग्यो।

आक्रोशित स्थानीयले शव राखेर बिहानैदेखि पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरे। अवरोध हटाउन खोज्दा प्रहरीले बल प्रयोग गरेको थियो।

गोली लागेर तीन र लाठी चार्जबाट आधा सात जना घाइते भएका छन्। स्थानीय सञ्जय न्यौपाने, श्याम कार्की र अफताब आलमलाई गोली लागेको छ। उनीहरु तीनै जनालाई उपचारका लागि काठमाडौं पठाइएको छ। 

प्रकाशित: Nov 24, 2020| 13:41 मंगलबार, मंसिर ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।