बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • उर्जा बचत गरेबापत रा.वा.बैंकद्वारा विभिन्न कम्पनीलाई अनुदान हस्तान्तरण

उर्जा बचत गरेबापत रा.वा.बैंकद्वारा विभिन्न कम्पनीलाई अनुदान हस्तान्तरण

राष्ट्रिय वाणिज्य बैंकद्वारा जर्मन सरकारबाट केएफडब्लु बैंक मार्फत प्राप्त अनुदान सहयोगमा संचालित इनर्जी इफिसियन्सी प्रोग्राम नेपालको अनुदान सहयोग कार्यक्रम अन्तर्गत प्रिमियर अर्गानिक्स प्रा.लि.लाई ५३ लाख ५१ हजार रुपैयाँ, हुलास स्टील इन्डस्ट्रिज प्रा.लि.लाई ३३ लाख १५ हजार रुपैयाँ, प्रिमियर स्टिल प्रा.लि.लाई १७ लाख आठ हजार रुपैयाँ रकम हस्तान्तरण गरेको छ । 
 |  मंगलबार, मंसिर ९, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ९, २०७७

काठमाडौं– राष्ट्रिय वाणिज्य बैंकद्वारा जर्मन सरकारबाट केएफडब्लु बैंक मार्फत प्राप्त अनुदान सहयोगमा संचालित इनर्जी इफिसियन्सी प्रोग्राम नेपालको अनुदान सहयोग कार्यक्रम अन्तर्गत प्रिमियर अर्गानिक्स प्रा.लि.लाई ५३ लाख ५१ हजार रुपैयाँ, हुलास स्टील इन्डस्ट्रिज प्रा.लि.लाई ३३ लाख १५ हजार रुपैयाँ, प्रिमियर स्टिल प्रा.लि.लाई १७ लाख आठ हजार रुपैयाँ रकम हस्तान्तरण गरेको छ । 

triton college

मितव्ययी तथा प्रभावकारी उर्जा बचत हुने गरी कम्पनीहरुले यन्त्र उपकरण जडान गरेको हुँदा स्वीकृत अनुदान कार्यविधि अनुसार अनुदान सहयोग सम्झौता आदान प्रदान तथा अनुदान रकमको चेक मंगलबार एक समारोहका बिच हस्तान्तरण गरिएको हो । 

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठलेले चेक हस्तान्तरण गर्दै अन्य उद्योगहरुलाई उर्जा बचत गर्ने कार्यमा लगानी गरी यस कार्यक्रममा सहभागी हुन आह्वान गरे।   

नेपाल सरकार र जर्मन सरकारबीच सन् २०१० मा नेपालको औद्योगिक तथा व्यापारिक क्षेत्रमा मितव्ययी तथा प्रभावकारी उर्जा बचत गर्ने सम्झौता बमोजिम राष्ट्रिय वाणिज्य बैंकले आयोजना कार्यन्वयनको लागि सहायता सम्बन्धि कार्य गर्ने गरेको छ । 

आयोजना अन्तर्गत नेपालमा संचालित ठूला, साना तथा मझौला उद्योग र फर्महरुलाई मितव्ययी तथा प्रभावकारी उर्जा बचत हुने गरी यन्त्र उपकरण जडान गर्दा जर्मन सहायताबाट प्राप्त हुने रकमबाट लागतको १५ देखि ३९ प्रतिशतसम्म अनुदान रकम राष्ट्रिय वाणिज्य बैंकमार्फत उपलव्ध गराइने छ ।

corrent noodles
Metro Mart

आयोजना अन्तर्गत कुनै एक ईकाइले मितव्ययी तथा प्रभावकारी उर्जा बचत हुने गरी यन्त्र उपकरणमा लगानी गरेमा स्विकृत अनुदान कार्यविधि भित्र रही अधिकतम रु. १ करोड सम्मको सहायता रकमका लागि दरखास्त दिन पाइने बताइएको छ । 
 

प्रकाशित: Nov 24, 2020| 11:34 मंगलबार, मंसिर ९, २०७७
प्रतिक्रिया दिनुहोस्